
साजिर मन्सूर
कलैया,असार ८
बिश्रामपुर गाउपालिकाको ११ औ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रियंका देवि, प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा,पाँचै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरू, पत्रकारहरूको उपस्थितिमा गाॅॅउ सभा सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जनाएका छन । सो अवसरमा अध्यक्ष भुट्टोले आ.व. ०७९/०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेका थिए । अध्यक्ष भुट्टोले गाउपालिकाले बिशुद्द रुपमा जनताको चाहना अनुसारको नीति कार्यक्रम ल्याएको र त्यसलाई हामी सबैले कार्यान्वयन गर्दै बिश्रामपुरको कायापलट गर्नुपर्नेमा जोड दिएका छन ।