प्रियंका दास,कलैया । बाराको फेटा गाउँपलिकाको १० औ गाउँ सभा आ.ब २०७९/०८० को नीति कार्यक्रम तथा बजेत प्रस्तुतिकरण गाउँ सभा सम्पन्न भएको छ ।
उक्त गाउँ सभाले आगामी आर्थिक वर्षको लागी ३५ करोड ९२ लाख ५८ हजार को अनुमानित बजेट ल्याएको हो । उक्त अनुमानित बजेट मध्ये चालू तर्फ ९ करोड ८० लाख ५८ हजार , पुङ्जीगत तर्फ १० करोड ५३ लाख र शसर्त अनुदान तर्फ १५ करोड ५९ लाख बिनियोजन गरिएको छ । गाउँपालिका का अध्यक्ष रुस्तम अन्सरीले आ.व. ०७९/०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गर्नु भएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका का अध्यक्ष रुस्तम अन्सरीले गाउँपलिकाले विशुद्ध रुपमा जनताको चाहना अनुसारको नीति कार्यक्रम ल्याएको बताए । उनले निति तथा कार्यक्रम सबैका लागि भएको र हामी सबैले ब्यवहार मा ल्याउनु पर्ने बताए । उनले हाल संचालनमा रहेका स्वास्थ्य संस्थालाई थप ब्यवस्थित गरिने अन्य स्वास्थ्य चौकी सन्चालनमा ल्याइने बताए ।
गाउँपालिकाको अध्यक्ष रुस्तम अन्सरी को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निलम साह , प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमर सिंह, वडा अध्यक्षहरु , वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न सन्चारगृहका सन्चारकर्मीहरु लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मुकेश साहले गरेका थिए ।