
साजिर मन्सूर
कलैया,असार १०
फेटा गाउपालिकाको १० औ गाउँ सभा शुरु भएको छ । गाउँपालिकाको अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अन्सारीले गाउँ सभाबाट नागरिकको अपेक्षा अनुसारको नीति कार्यक्रम ल्याईएको र सो बाट सबै जना खुशी हुने बताएका छन । परम्परागत किसिमको नीति कार्यक्रम आफुले न ल्याउने बताएका छन । फेटा बजारलाई नमुना बजार बनाउने किसिमले अगाडी बढिरहेको समेत अन्सारीले बताएका छन ।
उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरू, पत्रकारहरूको उपस्थितिमा गाॅॅउ सभा शुरु भएको हो । सो अवसरमा अध्यक्ष अन्सारीले आ.व. ०७९/०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेका थिए ।