कलैया । बाराको निजगढ नगरपालिकाले दुई दिन बिधालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै हाल भारी वर्षा भएको तथा थप हुने जल तथा मौसम बिज्ञान विभाग बाट जानकारी प्राप्त भएकोले सामुदायिक तथा संस्थागत विद्यालयहरुको नियमित पठनपाठन सञ्चालन कार्यमा कठिनाई हुने भन्दै बिधालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
बर्षे बिदाबाट मिलान हुने गरी मअसार १६ र १७ गते सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा हुने निजगढ नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की ले जानकारी दिएका छन् ।