कलैया । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्वण गाँउपालिका वडा नं. ७ बस्ने २१ बर्षिय धिरज कुमार यादव रहेका छन् ।

उनको आज दिउँसो करिब १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

खेतमा काम गरिरहेको बेला अचानक चट्याङ् लागि यादवको घटनामै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर