कलैया । मधेस प्रदेश सरकार समाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनुषा सपहीको आयोजनामा कलैयामा खाध्य सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । होटेल करण राज पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा खाद्य बस्तुको गुणस्तरीयता का बारेमा सरोकारवालाहरु सङ्गसङ्ग छलफल गरि तालिम गराईएको छ । तालिममा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका जन स्वास्थ्य निरीक्षक बिनोद यादव र विश्व खाद्य कार्यक्रमका सज्जन योगेशले सहजीकरण गरेका थिए ।
स्वास्थ्य कार्यालय बाराका नि. प्रमुख राम नरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका अध्यक्ष राज कुमार साह,कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अजय जयस्वाल,बाताबरण शाखाका रामजी मन्डल,कृषि शाखा प्रमुख सुरेश धमला,पशु शाखा प्रमुख महबुब अन्सारी,विभिन्न स्वास्थ्य चौकिका स्वास्थ प्रतिनिधि तथा सरोकारवाला को उपस्थिति रहेको आयोजक मधेश प्रदेश स्वास्थ निर्देशनालयका ल्याब टेक्निसियन फुलेन्द्र यादवले जानकारी गराएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702