साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका कृषि तथा पशु सेवा शाखाले नगरको पशुहरुमा लाग्ने भ्यागुते चरचरे तथा पिपि आर रोग नियन्त्रणका लागी पशु स्वास्थ तथा बाझोपन नियन्त्रण निशुल्क सिबिर सन्चालनमा ल्याएको छ । यो सिबिरले पशु तथा पशु जन्य उत्पादन बढाउनमा सहयोग गर्ने र यसले कृषकहरुको आर्थिक वृद्धि गराई जीवन स्तर उकास्ने लक्ष्य लिएको कृषि तथा पशु सेवा शाखा प्रमुख महबुब अन्सारीले बताएका छन ।
भ्याक्सिन हरु एच एस प्लस,बि क्यु प्लस पिपि आर परजिवी नियन्त्रण का लागि ब्याक्सिन चलिरहेको अन्सारीले जनाएका छन । यसका लागि एक जना पशु चिकित्सक सहित १५ जना पशु स्वास्थ्यकर्मी परिचालन गरिएको शाखा प्रमुख अन्सारीले जनाएका छन । गत आवमा कलैया उपमहानगरको १५ वडामा यो सेवा दिसकेका कारण त्यस बाहेकका १० वडामा यो बर्ष सिबिर सन्चालन गरिएको अन्सारीले जनाए ।
कलैया उपमहानगरपालिका कृषि तथा पशु सेवा शाखाले आयोजना गरेको घुम्ती सिवीर असार १८ देखि शुरु भैइ १० वटा वडामा सन्चालन भैरहेको शाखा प्रमुख अन्सारीले जनाएका छन । अन्सारीले सिबिर कलैयाको वडा नम्बर ३,६,८,९,११,१२,१४,१६,१७ र २२ मा सन्चालन हुने जनाएका छन । सिबिरबाट कम्तिमा ठूलो पशु २ हजार र खसी बाख्रा ५ हजारलाई भ्याक्सिनेशन उपचार र औसधि बितरण गरिने लक्ष्य रहेको अन्सारीले बताएका छन ।