
साजिर मन्सूर,कलैया । बोलबम कावर संघले सिदेस्वर नाथ मन्दिर प्राङ्गण कलैयामा बृहत सरसफाइ गरेको छ । बोलबम कावर संघको ५१ औ बर्षगाठको अवसरमा सो कार्यक्रम गरिएको छ । कलैयाका अधिकान्स जनता बिहान बिहान सारिरिक ब्याम गर्ने र स्वस्थ रहन घुम्न आउने साथै दर्शन गर्न आउनेको लागि सरसफाइ आवस्यक भएकाले कार्यक्रम गरिएको संघ अध्यक्ष कर्दम श्रेष्ठले बताए । संघले यस अगाडि को ५० औ बार्शिकोत्सवमा ५१ वटा बिरुवा सिसौ,टिक,सपेता सङ्गै विभिन्न प्रजातिका बिरुवा रोपेको संघ अध्यक्ष श्रेष्ठले बताए । बृछारोपण कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष मोहन साह कानु,१ का अध्यक्ष मोहन बहादुर छेत्री,पचरौता नगरपालिका २ का अध्यक्ष मनोज कुमार यादव, संघ बाराका संघ चालक निरज नेपाली, कार्यवाहक सरोज साह,नेकपा माओवादी केन्द्र कलैयाका अध्यक्ष मुकेश साह,काङ्ग्रेस युवा नेता सुबाष जयस्वाल,बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर,कलैया उपमहानगरपालिका बाताबरण शाखा प्रमुख रामजी मण्डल,समाजसेवी प्रदिप साह,राजेश पटेल,रन्जेश पटेल,सन्जय पटेल,सहित सरसफाइ कर्मी लगायतकाको उपस्थिती रहेको थियो ।