साजिर मन्सूर,कलैया । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रास्ट्रीय परिचयपत्र बनाउन चाहिने अनलाइन फर्म भर्न जिल्ला प्रशासन कार्यालय बारामै आउन नपर्ने बताएका छन । जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित सर्व दलिय सर्वपक्षीय बैठकमा सिडिओ कटुवालले यस्तो बताएका छन । कटुवालले बाराका विभिन्न दुर दराजका पालिकाबाट आउने जनता सामान्य फर्म भर्न कै लागि मात्र हजारौ खर्च गरेको र समयको खेर जाने गरेको गुनासो बढेपछि यसलाई निरुत्साहित गर्न अब पालिकाहरुले नै निशुल्क रुपमा जनताको फर्म भर्ने कार्यको समन्वय गराएका छन । गरिब जनतालाई निशुल्क भर्न सकिने फर्म भर्न यहाका साईबरहरुले 1 हजार देखि २ हजार सम्म पनी ठग्ने गरेको गुनासो आएपछि सिडिओ आफै तातेका छन । सिडिओ कटुवालले अब सबै स्थानिय तहमा नै निशुल्क फर्म भरेर दिएपछि मात्र सिडिओ कार्यालय आउन आग्रह गरेका छन । यसो गर्दा जनताको समय,पैसा बचत हुनाका साथै मेहनत पनि नहुने बताएका छन । सोही बैठकमा कटुवालले बारामा बिदाका दिन कुनै पनि सरकारी गाडी चलाउन नमिल्ने बताएका छन । अति आवस्यक काम परे सिडिओ कार्यालयबाट पास लिएर मात्र गाडी चलाउन भनेका छन । जनता पनि देशको बिना बर्दिका प्रहरी भएकाले सो को निगरानी गर्नुपर्ने र पास बिनाका गाडी भए रोकेर स्थानिय प्रहरी लाई खबर गर्न सकिने सिडिओ कटुवालले बताएका छन । कटुवालले बाराका सबै अतिक्रमण भएका सार्वजनिक जग्गा लाई स्थानीय सरकारहरुले मातहतमा ल्याएर संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । बैठकमा प्रदेश सान्सद पारस साह,जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल,कोल्बी नगरपालिका प्रमुख रामप्रसाद चौधरी,सिमरौनगढ नगर प्रमुख किशोरी प्रसाद कलवार,करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु यादव,बारागढी गाउपालिका प्रमुख अशोक जयस्वाल,जिसस बाराका पुर्व सभापति नवल किशोर सिंह,विभिन्न राजनैतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,विभिन्न स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत,सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702