
साजिर मन्सूर
कलैया,भदौ ४
नेपाल ब्युटिसियन संघ बाराले हरेक बर्ष जस्तै यो बर्ष पनि महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा सुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट मा भब्यताका साथ मनाएको छ। खासगरी हाम्रा समाजका दिदिबहिनीले आफ्नो बर्ष भरिको सम्झना दुख पीडा बिर्सन नाच गान गरेर रमाईलो गर्ने गर्छन । यो बर्ष को हरितालिका तिज भदौ १४ गते परेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले“तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व भएको बताए । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ साहले थपे।
उप मेयर रौशन प्रबिणले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुरयाउन मद्दत पुरयाएकोे बताईन । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उप मेयर प्रविणले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नु आफैमा गर्वको बिषय भएको बताईन ।कार्यक्रममा बोल्दै मेयर साहले, “चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ भन्दै सबैमा सुभकामना दिए।
संघ बाराको अध्यक्ष शोभा सरार्फको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाको प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा उप मेयर रौशन प्रबिण,अतिथि कलैया उप महानगर पालिका वडा नम्बर १ का अध्यक्ष मोहन छेत्री,वडा नम्बर २३ का अध्यक्ष अमिन अन्सारी,काङ्ग्रेस नेता एवम घरेलु तथा साना उधोगको मधेस प्रदेश को कोषाध्यक्ष दिब्यनाथ श्रेष्ठ,नेपाल ट्रेड युनियन बाराको अध्यक्ष बिश्वमणी शर्मा,कलैया नगर खेलकुद बिकास समिती का सम्योजक एम समिउल्लाह,बरिस्ठ ब्युटिसियन मैयाँ राई,ब्युटिसियन संघ बाराको कोषाध्यक्ष रन्जिता श्रेष्ठ सहित ब्युटिसियन संघका सदस्यहरु गरि ५० जनाको उपस्थिति रहेको थियो । सिल्पिया थापा अग्रवालले स्वागत गरेको कार्यक्रम को सन्चालन संघको सल्लाहकार सरस्वती खरेलले गरेकी थिइन ।