साजिर मन्सूर
कलैया,भदौ ९

नेपाली काङ्ग्रेस बाराले भोलि भदौ १० गते जिल्ला कार्यसमितिको बिस्तृत बैठक डाकेको छ । कार्यालय सचिव अम्बिका प्रसाद यादव द्वारा हस्ताक्षर गरिएको पत्रमा जिल्ला कार्यसमितिको बृस्तृत बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी , सदस्य ,आमन्त्रित सदस्य , प्रतिनिधिसभा क्षेत्रिय सभापति , प्रदेशसभा क्षेत्रिय सभापति , केन्द्रिय महाधिवेशन प्रतिनिधि , पालिका सभापति , नगर सभापति सबैलाई आमन्त्रित गरिएको छ । काङ्ग्रेसले थालेको
” जनताको साथमा कांग्रेस ” अभियानको बारेमा छलफल गरिने बैठक बोलाईएको कार्यालय सचिव यादवले जनाएका छन । काङ्ग्रेस पार्टी कार्यालय बिपि भवन कलैया बैठक दिनको ११ बजे देखि शुरु हुने जनाइएको छ । काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल सहभागी हुने सो कार्यक्रममा अनिवार्य उपस्थितिको लागि आग्रह गरिएको यादवले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर