साजिर मन्सूर कलैया,भदौ ११
नेपाल भारत मैत्री संघ, मधेश प्रदेशको सचिवमा कलैयाका युवा समाजसेवी पवन अग्रवाल मनोनीत भएका छन । मधेस प्रदेश कार्यसमितिका अध्यक्ष रनधिर कुमार सिंहको प्रमुख आतिथ्यतामा कलैयामा बसेको बैठकले अग्रवाललाई सचिवमा मनोनीत गरेको हो । अग्रवाल लाई सचिवको पद दिदा आफुलाई अत्यन्तै खुशी लागेको र संघले अब तिब्र गतिमा समाजिक कार्य र संघको नियमावली बमोजिमको काम गर्ने प्रदेश अध्यक्ष सिंहले बताए । यस्तै आजैको बैठकले मधेस प्रदेश उपाध्यक्षमा निर्मल सिन्धीलाई मनोनीत गरेको हो । बैठकले संघको बिधानको धारा ३४ र ३५ बमोजिम प्रदेश सदस्यमा सप्तरीको भोगेन्द्र मिश्र,सर्लाहिको बिकाश गोयल,सिरहाको शिवचरण यादव,पर्साको रजत सहदेवा र रौतहटको सन्जय कुमार कर्णलाई मनोनीत गरेको छ । यस्तै बैठकले सल्लाहकारमा क्रमशः पतन्जली आयुर्वेद प्रसौनिको प्रमुख युवराज सुबेदी,डाबर नेपालको कैलाश चौरसिया,शिवशक्ती ग्रुपको रत्नेश श्रीवास्तव,शिक्षक संघका पुर्व अध्यक्ष देबेन्द्र गिरि,गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादव,नारायणी प्लास्टिक फ्याक्ट्रीका सन्चालक निरन्जन अग्रवाल र नन्द किशोर झालाई सल्लाहकारमा मनोनित गरेको मधेस प्रदेश अध्यक्ष सिंहले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर