साजिर मन्सूर
कलैया,भदौ २७
लगानीको सुरक्षा ब्यवसायको सुनिस्चितता,मोबाइल ब्यवसायीको एकता आजको आवस्यकता भन्ने नारा सहित मोबाईल बितरक तथा मोबाईल खुद्रा बिक्रेता बिच ब्यापारीक सहकार्य तथा कर ब्यवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाराको अमलेखगञ्ज स्थित होटेल क्यु २० रिभर साईडमा नेपाल मोबाइल बितरक संघ बिरगंज द्वारा आयोजित कार्यक्रममा बारा पर्सा तथा रौतहटको सबै मोबाईल बितरक तथा मोबाइल खुद्रा बिक्रेताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको मुख्य उदेश्य भनेको नै नेपालमा अबैध फोन बिक्रीवितरणमा रोक लगाउने र स्वस्थ्य बाताबरणमा फोन कारोबार गराउन सबै खुद्रा बिक्रेतालाई सचेत गराउने रहेको नेपाल मोबाईल बितरक संघका केन्द्रिय सद्स्य बिकास पोद्दारले जानकारी गराए। अबैध फोनको कारोबारले राज्यलाई समेत बार्षिक अर्बौको नोक्सान हुने हुदा समग्र नेपाली मोबाईल बजारलाई ब्यवस्थित र स्वस्थ प्रतिस्पर्धा हुन जरुरी रहेको नेपाल मोबाइल बितरक संघ बाराको अध्यक्ष मोहन कार्किले बताए । कार्यक्रममा सम्बोधन गर्दै ग्राहकले पसलमा जुन मोबाईल मागे त्यही मोबाईल दिन बितरक संघका पदाधिकारीहरुले खुद्रा बिक्रेता सङ्ग आग्रह गरेका थिए । केवल बढी कमिशनका लागि कुनै एक कम्पनिको मात्र मोबाईल मात्र ग्राहकलाई नदिन जोड दिए ।
नेपाल मोबाइल वितरक संघ मधेस प्रदेश पश्चिम द्वारा आज आयोजना गरिएको व्यवसायिक कार्यक्रममा नेपाल मोबाइल बिक्रेता संघ मधेस प्रदेश पस्चिमका अध्यक्ष
बृजमोहन साह कानुको सभापतित्व एवम नेपाल मोबाईल फोन ईम्पोटर एशोसिएसनको अध्यक्ष दिपक मल्होत्राको प्रमुख आतिथ्यम भएको कार्यक्रममा बिशिस्ट अतिथी नेपाल मोबाईल बितरक संघका अध्यक्ष दिनेश चुल्याध्यो, नेपाल मोबाईल फोन ईम्पोटर एशोसिएसनका उपाध्यक्ष सन्जय अग्रवाल,टेलि सेल प्रालिका सन्चालक सुनिल अग्रवाल,हिम ईलेक्ट्रोनिक्स प्रालिका सन्चालक प्रभाकर सम्सेर थापा लगायतकाले सम्बोधन गरेको कार्यक्रममा बारा पर्सा र रौतहटको १ सय ५० जना मोबाईल बिक्रेताहरुको उपस्थिति रहेको थियो ।
नेपाल मोबाईल बितरक संघ को केन्द्रिय महासचिव रघु त्रीपाढिले स्वागत गरेको कार्यक्रमको सन्चालन नेपाल मोबाईल बितरक संघको केन्द्रिय सदस्य बिकास पोदारले गरेका थिए ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702