साजिर मन्सूर
कलैया,असोज २

असोज -१ गते “दशौं राष्ट्रिय बिज्ञान दिवसक अवसरमा नेपाल सरकार,शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्रालय मुल आयोजक समितीको अगुवाई मा किर्तिपुर स्थित वि. पि. कोईराला प्लानेटेरियम एण्ड अब्जर्भेटरी सेन्टरमा भएको कार्यक्रममा दुर्गा माबी कलैयाका बिज्ञान शिक्षक पवन यादव मधेस प्रदेश कै उत्कृष्ट बिज्ञान शिक्षक छानिएका छन । प्रधानमंत्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट विज्ञान शिक्षक घोषणा भएको हो | घोषणा अनुसार पुरस्कृत विज्ञान शिक्षकहरुमा
प्रदेश न. १ बाट लिलाकान्त बञ्जारा,मधेस प्रदेशबाट पवन प्रसाद यादब ( दुर्गा मा. वि. कलैया),बागमती प्रदेशका हरिराम देवकोटा , गण्डकी प्रदेशबाट राज कुमार ढकाल लुम्बिनी प्रदेशबाट यमनाथ पौडेल,कर्णाली प्रदेशबाट लोकेन्द्र सुबेदी र सुदूरपश्चिम प्रदेशबाट चन्द्रकला दवाडी उत्कृष्ट बिज्ञान शिक्षक छनौट भएका छन । छनौट भएकाहरुले नगद २५ हजार सहित सम्मान पत्र द्वारा समानित हुने भएका छन ।
यता दुर्गा माबी कलैयाका प्रधानाध्यापक मनोज कुमार यादवले मधेस प्रदेशमै उत्कृष्ट भएकोमा पवन यादवलाई बधाई दिदै बिधालयको नाम उच्च गरेकामा गर्व लागेको बताएका छन । दुर्गा माबिमा बिज्ञान को मात्र नभैइ सबै बिषयको उत्कृष्ट शिक्षकको टिम रहेको ढोकुवा गर्दै जस्तो जुसै परिस्थिति भए पनि दुर्गा माबिको शिक्षाको स्तर खस्किन नदिने आफुहरुको प्रतिबद्धता रहेको बताएका छन । प्रधानाध्यापक यादवले समाजअभिभावक र सबै तहको सरकारको सहयोग रहे देश मै उत्कृष्ट भएर बिधालयले देखाउने ठोकुवा गरेका छन ।

यता विज्ञान शिक्षक समाज नेपाल, मधेश प्रदेशका संयोजक प्रदीप कुमार गुप्ताले पनि यादवलाई बधाई दिदै बिज्ञान शिक्षक समाज नेपालको कद बढाएकोमा धन्यवाद दिएका छन ।
यता राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा विज्ञान शिक्षक समाज नेपाल, बाराले “विज्ञान र प्रविधिमा लगानीको विस्तार: समुन्नती र समृद्धिको आधार” भने शिर्षकमा निबन्ध लेख्न प्रतियोगिता सञ्चालन गरि सम्पन्न गरेको छ ।प्रतियोगितामा बारा जिल्लाका विभिन्न मा. वि. हरुको कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्राहरुको सहभागिता रहेको थियो | प्रतियोगितामा छात्रा तर्फ मा. वि. हर्दिया कि रौनक खातुन प्रथम, गढीमाई महेंद्र मा. वि. बरियारपुर कि बिन्दी कुशवाहा द्वितीय र पन्ना देवी कलैया मा. वि. कि सिमा यादव तृतीय भएको बिज्ञान शिक्षक समाज नेपाल बाराले जनाएको छ । त्यस्तै छात्र तर्फ गढीमाई महेंद्र मा. वि. बरियारपुर का गोपाल प्रसाद कुशवाहा प्रथम, ३ चन्द्र मा. वि. कलैयाका सावन यादव द्वितीय, सिद्धेश्वर संस्कृत मा. वि. कलैयाका पियुष पाण्डेय तृतीय भएका थिए | कार्यक्रममा विभिन्न विद्यालयका विज्ञान शिक्षकहरु रामएकवाल प्रसाद, मनोज यादव, दिपक कुशवाहा, शैलेश यादव, शम्भु प्रसाद यादव, मुकेश सवर्णकार, नागेश्वर चौधरी लगायतकाको सहभागिता रहेको थियो | विज्ञान शिक्षक समाज नेपाल, मधेश प्रदेश का संयोजक गुप्ताको अध्यक्षता मा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि कलैया उप महानगरपालिकाका शिक्षा युवा तथा खेलकूद महाशाखाका अधिकृत विजय अधिकारी रहेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर