साजिर मन्सूर
कलैया,असोज २

पर्यटकिय नगरी पोखरामा आयोजना हुने नवौं रास्ट्रीय खेलकुद प्रतियोगिता २०७९ को छनौट खेलका लागि जिल्ला टिममा छनौट भैइ प्रदेश स्तरिय छनौट खेल्न जाने कबड्डी र खो खो का खेलाडीहरुलाई बिशेष सम्मान सहित आज बिदाई गरिएको छ। कलैया स्थित श्री दिदेस्वर खेल परिसरमा आयोजना गरिएको बिदाई कार्यक्रममा सबैले जितको सुभकामना दिदै खेलाडीहरुलाई बिदाई गरेका हुन । प्रदेश स्तरिय छनौट प्रतियोगितामा बारा बाट छनौट भएका महिला कबड्डी खेलाडीमा क्रमशः जास्मिन मगर,तबिना खातुन,अरपिता पटेल,अनु यादव,प्रीती सरार्फ,कृति चौहान,सोम माया तामाङ,बिष्णु माया लामा,काजल सहनी,रिजमा खातुन त्यसतै पुरुष कबड्डि खेलाडी तर्फ शोहेल ईस्लाम,राहुल मण्डल,एलेक्स सहनी,बिजय राम,हरिओम साह,रोहित दास,मोनाजुदिन मन्सूर,अमृत श्रेष्ठ,उजन राउत,अभिषेक राई,राज पटेल,साहिल अन्सारी लाई जिल्लाको टो सर्ट तथ ट्राक सुट बितरण गरिएको छ । कबड्डि खेलका लागि प्रदेश स्तरिय छनौट खेल्न टिम मधेस प्रदेशको ढल्केबर भोलि बिहान प्रस्थान गर्ने टिम ब्यवस्थापक सन्दिप गुप्ताले जनाएका छन । कबड्डि टिमको नेतृत्व गर्दै प्रशिक्षकमा रेयाजुदिन मन्सूर र ब्यवस्थापक तर्फ तसिरुद्दिन मिया मन्सूर जाने कबड्डि संघ बाराका कोषाध्यक्ष समसाद मन्सूरले जनाएका छन ।

कबड्डि संघ बाराका अध्यक्ष महेश गुप्ताको अध्यक्षता एवम कलैया नगर खेलकुद बिकास समितीका सम्योजक महम्द समिउल्लाह को प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा माओवादी केन्द्र कलैयाका नगर अध्यक्ष मुकेश साह,बारा उधोग बाणिज्य संघ का उपाध्यक्ष दिपु गुप्ता,जिल्ला खेलकुद बिकास समिती का सचिव प्रदिप शर्मा,ईन्द्रेणी मनि ट्रान्सफरका सन्चालक नासिर अन्सारी,तेक्वान्दो प्रशिक्षक सन्जय साह,अन्तरास्ट्रिय कबड्डि खेलाडी मुन्ना पटेल,बारा लेखापढी कानुन ब्यवसायी संघका सल्लाहकार पन्नालाल भगत लगायतका खेलप्रेमिको उपस्थिति रहेको थियो ।
खेलाडी तथा अफिसियलहरुका लागि जर्सी तथा ट्र्याक को ब्यवस्थापन युवा नेता मुकेश साह र दिपु गुप्ताले गरेका छन ।
सोही अवसरमा खो खो खेलाडीहरुलाई समेत सम्मान सहित बिदाई गरिएको छ । सम्मानित हुने टिममा छनौट भएका महिला खोखो खेलाडीहरुमा क्रमशः शर्मिला प्रजापती,रेश्मी कुमारी साह,मुस्कान मन्सूर,कुल्सुम आरा,ज्योती कुमारी,रमिता प्रजापती,सरिता कुमारी मण्डल,प्रतिमा यादव,जोया प्रबिण,सोम्या गुप्ता,रन्जिता कुमारी साह,रिन्की कुमारी रहेका छन । यस्तै पुरुष खोखो खेलाडीमा सुगन्ध मिया,प्रबेज आलम,राकेश पटेल,धर्मराज कुश्वाहा,समि राजा,मन्जु पटेल,रोहित कुमार पास्वान,आबिद मन्सूर,निशेश राम,श्यामबाबु पटेल,सन्तोश पटेल,बलिराम महतो छनौट भएको खो खो प्रशिक्षक क्यामुदिन मन्सूरले जनाएका छन । खो खो टिमको ब्यवस्थापन का लागि ब्राईट ल्याण्डक सन्चालक मनोज यादव चयन भएका छन ।
बिदाई कार्यक्रमको सन्चालन तथा सहजीकरण नेपाल प्रेस युनियन बाराका सचिव,बिश्वास एफएम कलैयाका प्रबन्धक तथा कबड्डि संघ बाराका जिल्ला सदस्य साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर