बारा । बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालय मा तोडफोड भएको छ । त्यहा स्थित विभिन्न बिधालय का विद्यार्थीहरुले तोडफोड गरेका हुन् । भ्रमण खर्च नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माध्यमिक विद्यालय लगायत अन्य बिधालय का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुले सुरुमा भ्रमण खर्च माग्न नगर प्रमुख किशोरी साह कलवार भेटेरै माग गरेका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । त्यस लगत्तै विद्यार्थीहरुको समुह ले नगरपालिका को विभिन्न शाखा को कम्प्युटर , टेबुल , ल्यापटप आदि सामाग्री मा क्षति पुर्याएका छन् । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको कोठामा समेत क्षति पुर्याइएको नगरपालिकाले बिश्वास एफ एम लाई जनाएको छ ।
यता यस बारेमा नगर प्रमुख कलवार संग बुझ्दा उनले केही अराजक विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाएका छन् । उनले बिधालय लाई राजनितीकरण भएको र यस्तो नगर्न आग्रह गरेका छन् । उनले कार्यालय तोडफोड माथि कार्वाही हुने बताएका छन् । यता यस विषयमा प्रहरी , प्रशासन ले पनि गम्भीर रुपम लिएको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहित को टोलि ले घटना लगत्तै अनुगमन गरि दोषी लाई कडा कार्वाही हुने बताएका छन् ।