साजिर मन्सूर
कलैया,असोज १०
प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति भए सङ्गै कलैया अस्पतालले सन्चालन तथा बिकास समितीको अध्यक्षमा जसपाका केन्द्रिय सदस्य समेत रहेका कलैयाका नेता प्रकाश चौगाईले आज बाट पद सम्हालेका छन । कलैया अस्पतालको सभाहलमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा चौगाईले पदभार ग्रहण गरेका छन । स्वास्थ्य मन्त्रालयले अध्यक्ष चौगाई सङ्गै सन्चालन समिती सदस्यमा शेशनाथ कुश्वाहा र किशमती राम लाई खटाएको छ । पदभार ग्रहण गर्दै चौगाईले प्रादेशिक अस्पताल कलैयामा अद्वितीय र उदाहरणिय काम गरेर देखाउने बताएका छन । चौगाईले कलैया अस्पतालमा चाहिने हरेक आवस्यक पुर्वाधार निर्माण गराउने प्रतिबद्धता जनाए । अस्पताललाई आवस्यक रहेको भौतिक पुर्वाधार तथा जनशक्ति ब्यवस्थापन आफ्नो प्रमुख उदेश्य रहने चौगाईले बताएका छन । अध्यक्ष चौगाईले अब देखि कलैया अस्पतालमा हुने कुनै पनि खालको गलत राजनिती हुन नदिने बताए । कुरुवा घर,क्यान्टिन घर बनाउन जरुरी रहेकाले यो पहिलो चरणमा नै पूरा गर्नमा लागिपर्ने बताए ।
कर्मचारी र केही डाक्टरको वैमनस्यताका कारण कलैया अस्पतालको बिकास हुन नसकेको प्रमुख अतिथि संघीय सान्सद रामबाबु कुमार यादवले बताए । सान्सद यादवले कलैया अस्पताल भित्रको क्यान्टिनमा रहेको नशा गर्नेको गिरोह तोडेको बताए । अस्पतालको बाकी बक्यौता नतिर्ने सङ्ग बक्यौता उठाउन लगाएको यादवले बताउदै केही गलत मानसिकताका कारण र केही मेडिकल माफियाका कारण राम्रो डाक्टर यहाँ टिक्न नसकेको बताए । कलैया अस्पतालको बिकासका लागि अब आएका सन्चालक समितिले द्रुत गतिमा काम गर्न सक्नुपर्नेमा सान्सद यादवले जोड दिए । कलैया अस्पतालमा अब सेवा बिस्तार गर्न बिकास समितिले काम गर्नुपर्ने यादवले बताए । प्रमुख अतिथि यादवले आवस्यक परे डाक्टरलाई पेईङ्ग आवर को हिसाबले काम गर्न तयार हुन आग्रह गरे ।
मधेश प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयको बेईमानिले गर्दा कलैया अस्पतालको चाहे जतिको बिकाश नभएको प्रदेश सान्सद तथा बिशिस्ट अतिथी पारस साहले बताए । साहले कलैया अस्पतालको बिकासमा नया बिकास समितिले अहोरात्र काम गर्नुपर्ने बताए ।
कलैयाका मेयर बिनोद साहले कलैया अस्पतालका लागि प्रदेश र संघ सरकारले सहयोगमा कन्जुस्याइँ गरे कलैया उपमहानगरपालिकाले हरेक सहयोग गर्ने प्रतिबद्धता जनाए
निमित मेसु डाक्टर सुनिल जयस्वालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,जसपाको केन्द्रिय सदस्य लिला पाण्डे,कलैया अस्पतालका डाक्टर,वडानम्बर १९ का अध्यक्ष हरिन्द्र पटेल,वडा नम्बर ८ का वडा अध्यक्ष रन्जित चौरसिया,जसपा नेता शैलेश यादव,जसपा नेता हिरा बहादुर कार्की,कुलदिप ठाकुर,दिपेश कर्ण,युवा नेता सुजित पान्डे,
स्वागत कलैया अस्पताल बिकास समिति युनियनका अध्यक्ष प्रदिप यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन पारामेडिकस जुब्रेश पास्वानले गरेका थिए ।