साजिर मन्सूर
कलैया,असोज १२

गुप्ता मोटर्स कलैयाले दशै तिहार र छठ पर्व लाई लछित गरि नया योजना सार्वजनिक गरेको छ । कलैया स्थित बजाज शो रुमको रुपमा रहेको गुप्ता मोटर्समा बजाजको पल्सर एन एस १२५ र एन एस एन १६० तथा एन २५० मोडेल सार्वजनिक गर्दै योजना बारे जान्कारी गराईएको हो । रिबन काटेर केक काट्दै दुबै मोडलको प्रदेश सान्सद पारस साहले सार्वजनिक गरेका हुन । गुप्ता मोटर्स का सन्चालक रितेश गुप्ताले आधाको आधा बम्पर योजना अन्तरगत आजबाट बजाजको जुनसुकै बाईक २५ देखि ५० प्रतिसत सम्म फाईनान्समा लिन सकिने बताएका छन । हालको योजना अनुसार प्रत्येक बाईकको खरिदमा ७ हजार नगद छुट साथै हेल्मेट र एसेसरिज समेत उपलब्ध गराईने सन्चालक गुप्ताले जानकारी गराए । साथै नया बाइक खरिद गर्दा ५ बर्ष सम्म सबैमा वारेन्टी उपलब्ध गराईने समेत गुप्ताले बताएका छन ।
आज सार्वजनिक गरिएको नया पल्सर एन एस १२५ मा
इन्जिन १२५ सिसि
पावर ११.९९ पिएस
टर्क जेनेरेट ११ एनएम
माईलेज ६४.७५
डिस्क ब्रेक
ट्यान्की १२ लिटर छमता
त्यस्तै पल्सर एन सिरिजमा पल्सर एन १६० र एन २५० सिसि मा
इन्जिन १६४.८२
पावर जेनेरेट १६ पिएस
टर्क जेनेरेट १४.६५
डबल डिस्क ब्रेक
ड्वल च्यानल एबिएस जस्ता फिचर रहेको गुप्ताले जनाएका छन ।
सो अवसरमा प्रदेश सान्सद साहले अहिलेको आर्थिक उतार चढावका बेला गुप्ता मोटर्सले २५ प्रतिशत नगद दिएर बाकी फाईनान्सको सुबिधामा बाईक उपलब्ध गराउने योजना राम्रो भएको बताए । एकै पटक पुरै पैसा दिएर बाईक लिन सकिने अवस्था नरहेका बेला चाडवाड को बेलामा नया बाईक लिनेका लागि अति नै सहज भएको र यसका लागि सन्चालकलाई धन्यवाद दिए ।
उक्त अवसरमा एन आईसी एसिया बैंकका प्रबन्धक सदाब प्रबेज,सानिमा बैंक का प्रबन्धक श्रवण कुमार गुप्ता,मन्तोश चौधरी,मनोज यादव,गुप्ता एन्ड सन्स हार्डवेयरका सन्चालक आदित्य गुप्ता,जेआईसी नेपालका प्रबन्धक धनन्जय थोकर,तिरुपती मार्बल्स का सन्चालक बिजय जैस्वाल,भुपेन्द्र कन्ट्रक्सन का सन्चालक भुपेन्द्र नेपाली,नगर शिक्षा समिती सदस्य मनोज जैस्वाल,जसपा युवा नेता तथा समाजबादी युवा संघका जिल्ला अध्यक्ष सुजित पाण्डे,बिश्वास एफएम कलैयाका प्रबन्धक साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर