बारा / बन्यजन्तुको आक्रमण बाट टुहुरा भएका बालबालिका लाई पर्सा राष्ट्रिय निकुञ्ज ले छात्रवृत्ति प्रदान गरेको छ ।
मध्यवर्ती क्षेत्र भित्र बसोबास गरि निकुञ्ज का बन्यजन्तुको आक्रमण बाट ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको पर्सा राष्ट्रिय निकुञ्ज का रेन्जर अजय यादव ले बताउनु भयो ।

निकुञ्जले ८ जना लाई जनही २० हजार बितरण गरेको छ ।उक्त छात्रवृत्ति बालबालिका तथा सम्बन्धित वडा कार्यालय मा नै पुगेर हस्तान्तरण गरिएको निकुञ्ज ले जनाएको छ ।

छात्रवृत्ति हस्तान्तरण गर्ने क्रममा निकुञ्ज का रेन्जर यादव ले मध्यवर्ती क्षेत्र भित्र का स्थानीयहरु को संरक्षण प्रतिको योगदान लाई सम्मान गर्दै बालबालिकाहरु को संरक्षण प्रति रुचि जगाउन थोरै भए पनि टेवा पुग्ने र सहयोग को उद्देशले आर्थिक सहयोग हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर