साजिर मन्सूर
कलैया,असोज २६

माओवादी केंद्र कलैयाका नगर अध्यक्ष समेत रहेका बारा निर्वाचन छेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्य पदका लागि सता गठबन्धनको साझा उम्मेदवार बनेका युवा नेता मुकेश साहले आफू निर्वाचित भए खेलकुद छेत्रमा कायापलट गर्ने बताएका छन । नवौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी हुन मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै जान लागेका बास्केटबलका महिला तथा पुरुष खेलाडीहरुलाई आज कलैयाको सिदेस्वर खेल परिसरमा सम्मान गर्दै बिदाई कार्यक्रममा साहले यस्तो बताएका छन । साहले खेलाडीको उच्च सम्मान सहित बिदाई प्रदेश सरकारले गर्नुपर्ने काम नगरेको प्रती दुख लागेको बताउदै आफू निर्वाचित भए समग्र सिस्टम नै खेलाडीका लागि परिवर्तन हुने बताएका छन । आफू पनि कबड्डिको पुर्व खेलाडी भएकाले खेलाडी को हरेक चाहना र आवस्यकता आफुलाई अवगत भएको बताउदै हरेक तहका सरकारले खेलकुद र खेलाडी सङ्ग बेईमानी मात्र गरेको आरोप लगाएका छन । बास्केटबल खेलाडीहरुले पोखरामा आयोजना हुने प्रतियोगिता जिते भने आफू त्यही आएर उच्च सम्मान सहित खेलाडीहरुलाई आफै कलैया सम्म ल्याउने प्रण समेत गरे । युवाले मात्र देश र प्रदेश सहि तरिकाले हाक्न सक्ने भएका कारण पुरातन सोचलाई त्यागेर सारा जनताले आफुलाई मतदान समेत गर्ने बताएका छन । साहले सारा खेलाडीको सफलताको कामना गर्दै जितको लागि हौशल्ला दिदै सुभकामना सहित बिदाई गरेका छन । उक्त अवसरमा बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक एवम नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,ब्राईट ल्याण्ड बोर्डिङका सन्चालक मनोज यादव,फूटबलका रेफ्री रेयाजुल ईस्लाम,खोखो का कोच क्यामुदिन मन्सूर,बारा बास्केटबल संघका अध्यक्ष हरिओम साह,बिजय मेहता लगायतका खेलप्रेमिहरुको उपस्थिति रहेको थियो ।
उक्त

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर