बिश्वास सम्बादाता
क्वालालम्पुर (मलेसिया) असोज ३१

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत चौधरी , थारु समुदायका युवा,युवतीहरु एकजुट भैइ स्थापना गरेको प्रवासी थारु सेवा समाज मलेसियाको तेस्रो अधिवेशन तथा थारु कल्याणकारीणी सभा केन्द्रसंग समायोजन र नाम परिमार्जन कार्यक्रम सभ्य-भब्य सम्पन्न भएको छ ।

आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित एनआरएनए मलेसियाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न अधिवेशनबाट मनिराम थारुको नेतृत्वमा २१ सदस्यीय थारु कल्याणकारीणी मलेसिया समिति गठन भएको छ।

नव निर्वाचित थाकस मलेसिया समितिको सभापतिमा मनिराम थारू, उप-सभापति पुरुष तर्फ पुरशुराम थारू (एलेक्स), प्रजेश थारू, त्यस्तै उपसभापति महिलातर्फ राधा मगर थारू, महामन्त्री आर पी चौधरी, सह महामन्त्री सागर चौधरी, कोषाध्यक्ष रमेश पन्जियार थारु साथै सदस्यहरु क्रमशः गोबिन्द चौधरी थारू, मुक्ति चौधरी थारू, राम बहादुर दहित थारु , अर्जुन चौधरी थारु , राजिव चौधरी, धन बहादुर चौधरी, अनिल थारु, प्रबिन थारु, रोशन थारु, बुधराम थारु, धर्मेन्द्र चौधरी, सुशील दहित, केशव राजबंसी र संजय चौधरी लगायत रहेका छन । साथै थाकस मलेसियाको संस्थापक संरक्षकको रुपमा घनश्याम चौधरी (आरएन थारु) रहेका छन।

आयोजित कार्यक्रमको बारे साथै थारु कल्याणकारीणी सभा संस्थाको बारेमा र थाकसको विधान बारेमा आरएन थारुले उपस्थित सम्पुर्णमा जानकारी गराएका थिए । पश्चिम कैलाली – कंचनपुरदेखि पुर्व झापासम्म फैलिएर बसोबास गरिरहेका थारु सामुदायमा जनचेतना अभिबृद्धि गर्ने , समुदायको उत्थान, हकअधिकार र थरुहट पहिचानको लागि थारु कल्याणकारीणी सभा २००५ साल मै स्थापना भएको अग्रणि अभिभावक संस्थाको रुपमा काम गर्दै आईरहेको स्पष्ट पार्दै प्रवासी थारु सेवा समाज मलेसियालाई समायोजन गरि थाकस मलेसिया नामाकरण गरिएको र अब उप्रान्त थाकस मलेसिया पनि थाकस केन्द्र नेपालको एउटा् विदेशस्थित भातृ संगठनको रुपमा संचालन हुने बताउनुभयो।

शुभकामना मन्तब्यको क्रममा नव गठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको सचिव इश्वर राईले थारु समुदायले नेपालको राज्य संचालन ब्यवस्था परिवर्तन र राष्ट्र निर्माणको लागि गरेको योग्दानको चर्चा गर्दै प्रवासमा रहेर पनि आफ्नो समुदाय र राष्ट्रको लागि आवश्यक योग्दान गर्न, हक अधिकार सुनिश्चित गर्न साथै पहिचान कायम राख्न संगठित रहन जुरुरी रहेको बताए । थारु काल्याणकारीणी सभा मलेसिया संग आवश्यक सहयोग र सहकार्य गर्न नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया सधै तत्पर रहेको बताए ।

सो कार्यक्रम मनिराम थारुको सभापतित्वमा सम्पन्न भएको थियो भने , प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव ईश्वर राई साथै अतिथिहरुमा जन सम्पर्क समिति मलेसियाका सदस्य ईन्दु बस्नेत, समाजसेवी रमेश पौडेल , पत्रकार कृष्णप्रसाद गुप्ता लगायत स्थानीय आईएनजिओको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा तिहार र छठ पर्वको साथै थाकसको नव निर्वाचित समितिलाई बधाई तथा शुभकामन मन्तब्य अतिथि रमेश पौडेल लगायत उपस्थित सबैले दिएका थिए । कार्यक्रमको संचालन आर.पी चौधरीले गरेका थिए । कार्यक्रममा थारु गीतसंगीत मा नाचगान गर्नुको साथै थारु समुदायको प्रमुख परिकार घोङ्गीको परिकार खानपिन गरिएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर