साजिर मन्सूर
कलैया,असोज ५

महान पर्व दिपावली,तिहार तथा छठ पर्वको अवसरमा एन प्याब्सन बाराले ऐतिहासिक नगरी आर्दश कोत्वाल गाँउपालिकाको जनप्रतिनिधिहरुलाई सम्मान गर्दै सुभकामना आदानप्रदान कार्यक्रमशनिबार सम्पन्न गरेको छ ।
सो अवसरमा निजी बिधालयका बाल-बलिकाहरूलाई समुदायीक बिधार्थीहरू सरह समान व्यवहार गर्ने,निजी बिधालयका शिक्षकहरूलाई समय-समयमा सरकारी सरह तालीमको व्यवस्थापन गर्ने, गोष्ठी,सभा,तथा अन्य कार्यक्रम गर्नका लागी पालिका स्तरिय नेशनल प्याब्सन सामुदायिक भवन बनाउने बिषयमा छलफल गरिएको थियो ।दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण शिक्षा प्रेमी,नवनिर्वाचित अध्यक्ष-उपाध्यक्ष,१ देखी ८ सम्मका वडा अध्यक्ष ज्यूहरूलाई जिल्ला अध्यक्ष एवम् कार्यक्रमका सभापति प्रभुलाल प्रसाद कुशवाहाले सम्मान पत्र तथा दोसल्ला ओढ़ाई सम्मान गरेका थिए ।
गाउपालिकाको सभा हलमा गाउपालिका अध्यक्ष जवाहर प्रसाद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथि उपाध्यक्ष मिरा देवी,वडा अध्यक्ष सुनील प्रसाद कुशवाहा,मनोज प्रसाद कुशवाहा,सुरेश प्रसाद यादव,शेख जवाहिर,रिपू सिंह,राजु प्रसाद गुप्ता,जनक ठाकुर,हरिनारायण प्रसाद कुशवाहा,शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद यादव, नेशनल प्याब्सनका केन्द्रीय सचिव अलिम्हमद अंसारी,प्रदेश स-कोषाध्यक्ष संतू प्र जयसवाल सदस्य बसन्त ढकाल त्यस्तै अतिथिहरु आर्दश कोतवाल गाउ कार्यपालिका सदस्यहरु,एन प्याब्सनका जिल्ला कार्य समिति सदस्यहरु,शिक्षा प्रेमी,बुध्दिजीवी वर्गहरूको उपस्थितमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो।
दुर्गा ईङ्लिश बोर्डिङ स्कूल का प्रिन्सपल बिजय जयसवालले स्वागत गरेको कार्यक्रमको संचालन मदन प्रसाद रिजालले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर