
साजिर मन्सूर
कलैया,असोज १०
“गठबन्धन को उम्मेदवार लोकतन्त्र तथा सम्बिधानको पहरेदार” भन्ने नारा सहित बारा निर्वाचन छेत्र नम्बर ३ ख मा सत्ता गठबन्धनमा आबद्ध दलहरुको छेत्रीय बृहत अगुवा भेला सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका ८ खपरतातामा भएको कार्यक्रममा दलका नेताहरुले गठबन्धनमा आबद्द सबै दलका नेता कार्यकर्ताहरुलाई सकृय भएर लाग्न आग्रह गरेका छन । कार्यक्रम का प्रमुख अतिथी नेपाली काङ्ग्रेस का केन्द्रिय सह महामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री फरमुल्लाह मन्सूरले देशको अहिलेको माग नै सत्ता गठबन्धन भएकाले मात्र यो गठबन्धन भएको र यसमा सबै दलका नेता कार्यकर्ता ईमान्दार भएर लाग्नुको बिकल्प नरहेको बताए । मन्सूरले आजको समयमा काङ्ग्रेस का सभापति सेरबहादुर देउवाले जब माओवादी को हसुवा हथौड़ा तथा नेकपा एसको कलममा भोट दिन तयार छन त्यसैगरी माओवादी का अध्यक्ष प्रचण्डले रुख छाप र कलममा अनि नेकपा एसका अध्यक्ष माधव नेपाल ले साईकल,रुख हसुवा हथौड़ा मा दिन सार्वजनिक रुपमा आग्रह गरिरहेका बेला हामिले देशको लोकतन्त्र,गणतन्त्र तथा संघीयताका बचाउनका लागि सत्ताअ गठबन्धन लाई भोट किन नदिने भन्ने प्रश्न गरेका छन । जसपा हिजो सम्म एमालेलाई गाली गर्दै सत्ता गठबन्धनमा बसेर मन्त्री खाने अनि नागरिकता बिधेक रास्ट्रपति ले प्रमाणिकरण नगर्दा मसाल बालेर जुलुस निकाल्ने अनि एकाएक फेरि एमालेको मतियार किन बन्यो भन्दै सबै जनता जसपाको दोहोरो चरित्रका बारेमा जानिसकेकाले जसपा लाई र एमालेलाई पाखा लगाउने प्रमुख अतिथि मन्सूरले बताए । हिजो स्थानिय तहको निर्वाचनमा समेत केही नेताले आन्तरिक असन्तुष्टि का कारण गठबन्धनका नेतालाई भोट नदिदाको पीडा जिवितै रहेकाले ती सबै असन्तुष्टि बिर्सिदै सत्ता गठबन्धन लाई जिताउन मन्सूरले आग्रह गरे ।
कार्यक्रम का बिशिस्ट अतिथी काङ्ग्रेस बाराका सभापती राजेश राय यादवले सत्ता गठबन्धन्लाई तनमन धनले सहयोग गर्न सबैमा आग्रह गरे। कार्यक्रममा सम्बोधन गर्दै नेकपा एस का बारा सह ईन्चार्ज नेता श्री प्रसाद पास्वानले देशबाट ओलि रुपि राजनीतिक चोरलाई बिस्थापित गर्न गठबन्धनलाई जिताउनुपर्ने बताएका छन । देशमा गठबन्धनको आवस्यकता रहेको नेकपा माओबादी केन्द्रका मधेस प्रदेश सदस्य प्रभु यादवले बताएका छन । पुर्ण ईमानदार भएर सबै गठबन्धन का नेता कार्यकर्ता लागे हामी सबै जितिरहेको यादवले बताएका छन । देशमा रास्ट्रीय गठबन्धन देश जोगाउन बनेको गठबन्धन भएकाले सबैले आफू कुन दल भन्दा पनि गठबन्धन का उम्मेदवार आफ्नो दल भएको बुझ्दै मतदान गर्न आग्रह गरे ।
काङ्ग्रेस बारा ३ का छेत्रीय सभापति प्रभात कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि काङ्ग्रेस बाराका सभापति राजेश राय यादव,लोसपा बाराका अध्यक्ष नवल किशोर सिंह,सता गठबन्धनका तर्फबाट लोसपा बाट बारा निर्वाचन छेत्र नम्बर ३ को संघीय सान्सद पदका उम्मेदवार लालबाबु सिंह,३ ख बाट काङ्ग्रेस बाट प्रदेश सान्सद पदका उम्मेदवार जयचन्द्र प्रसाद चौरसिया,काङ्ग्रेस नेता जादोलाल साह,नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद पास्वान,सुरेश मोदक,बिक्रम ठाकुर,नरेश मोदक,ईमरान आलम,ताहिर मन्सूर,सुजित गुप्ता,जयप्रकाश साह,पिन्की यादव,महमद फिरोज,माओवादी केन्द्रका नेता प्रभु यादव,जलावदिन मन्सूर,बिक्रम साह कानु,तेजनारायण साह,अब्दुलेश अन्सारी,राजिन्द्र जयस्वाल,राजन पटेल,पप्पु गुप्ता,हरिओम साह,अरुण खनाल लगायत गठबन्धन दलका तमाम अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
लोसपाको नेतृ पिन्की यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन काङ्ग्रेस युवा नेता पन्कज पाण्डेले गरेका थिए ।