कलैया । बारा मा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी ) को असार १८ गते को बैठक ले प्रमुख जिल्ला अधिकारी लाई सार्वजनिक यातायात संचालन को लागी सिफारिस गरेको थियो ।
सोही बमोजिम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले निषेध आदेश लाई सन्सोधन गर्दै आज देखि जिल्ला मा जोर/बिजोर प्रणाली अनुसार सार्वजनिक यातायात संचालन गर्न सूचना जारी गरेका हुन ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने प्रमुख जिल्ला अधिकारी पौडेल ले बताए ।
यसअघिदेखि नै निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन्।