साजिर मन्सूर,मङ्सिर १८
कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साह ले नगरको अव्यवस्थित टहरा र फोहोर सफा गर्न आजबाट १ सय ९५ सरसफाइकर्मी सङ्गै शहरी छेत्रमा निस्केका छन । यस अगाडी नगरको सबै २७ वटा वडाबाट खट्दै आएका सरसफाइकर्मिले काममा आलटाल गर्ने गरेको,समयमा काम नगरेको,हाजिर मात्र गरेर अन्यत्र काममा जाने गरेका कारण नगरको अपेक्षा अनुसार सरसफाइ नभएको जन गुनासो बढेकाले १ महिनका लागि ति सबै सरसफाइकर्मिलाई आफू मातहत ल्याएर नगरको सरसफाइ गराउन थालेको नगर प्रमुख साहले बताएका छन । साहले सबै सरसफाइकर्मिहरुलाई पहिलो १० दिनमा शहरी छेत्रको नाला सरसफाइ,बाटोको पिचमा थुप्रेका धुलो सफाई,बाटोमा उम्रेको घाँस हटाउने,नगर छेत्रका बिजुलिका पोलहरुमा अनावश्यक रुपमा रहेको तार र होडिङ्ग बोर्ड हटाउने कार्य गरिने बताएका छन । यसरी सबैलाई काममा लगाईए पनि सरसफाइकर्मिहरुलाई बिहानिको शिफ्टमा पहिले काम गर्दै आएको वडामा काम गर्ने र दिउसोको शिफ्टमा नगर प्रमुखको आदेशानुसार काम गर्ने गरि नगर प्रमुखले निर्देशन गरेको कलैया उपमहानगरपालिकाका बाताबरण शाखा प्रमुख रामजी मण्डल ले जनाएका छन ।
मण्डलले नगर प्रमुखको यो कदम ज्यादै सराहनीय भएको र यसले सरसफाइकर्मिमा पनि उत्साह थपिएको साथै केहिले हाजिर मात्र गरि अन्य अन्य स्थानमा गैइहाल्ने प्रवृत्तिको अन्त्य हुने बताएका छन । कलैया उपमहानगरपालिकाले सरसफाइका लागि नगर भरी भाडाका २२ वटा ट्रयाक्टर परिचालन गर्दै आएको छ । जिल्लाको सदरमुकाम र बिश्वप्रसिद्द गढिमाई मन्दिरको प्रबेश द्वारका रुपमा रहेको जिल्लाकै सबैभन्दा जेठो नगरपालिका हुँदै उपमहानगरपालिका भएपनी यहाको सरसफाइ अपेक्षित रुपमा नभएको जनगुनासो रहदै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर