साजिर मन्सूर
कलैया,पुष ३

कलैया उपमहानगरपालिकामा पालिका स्तरमा नितिगत सम्बाद तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाको सभा हलमा भएको कार्यक्रममा पालिकाको शिक्षा एन २०७४ मा अपाङ्गता भएका बालबालिका तथा बृहत बिधालय सुरक्षा योजनालाई समावेश गर्न सङ्ग सङ्गै बिधालयका अन्य समस्याहरु बारे छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथी कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बिधालयहरुमा समस्या भएपनी आगामी दिनहरुमा उपमहानगरपालिकामा बन्ने सेवा प्रदायक संरचनाहरु अपाङ्गता मैत्री निर्माणमा बिशेष जोड दिने बताए । सोही अवसरमा बिशिस्ट अतिथी युवा खेलकुद तथा शिक्षा महाशाखा प्रमुख प्रल्हाद बर्णवालले सहयात्रा कार्यक्रम सन्चालित बिधालयहरुमा नमुना कार्य भएको र कलैयाको शिक्षा बजेटमा समेत यसले सुधार भएको बताए ।
कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सैफुल्लाह मिया अन्सारीले यस परियोजनाले अत्यन्तै सकारात्मक प्रभाव पारिरहेको र यसले निरन्तरता पाउनुपर्ने बताउदै यसले अपाङ्गता भएकाको लागि बरदान भएको बताए ।

सहयात्राले कलैया उपमहानगरपालिका भित्रका ५ वटा माध्यमिक बिधालयमा कार्यक्रम सन्चालन गरिरहेको संस्था मनोज यादवले जनाए । यादवले श्री नेरा माबी मटिअर्वा,श्री नेरा माबी बसतपुर,श्री दुर्गा नमुना माबी बरेवा,श्री नेरा माबी मनहर्वा र श्री अमर माबीमा सन्चालित रहेको जानकारी गराए ।
कार्यक्रममा परियोजना सन्चालित रहेको वडाका अध्यक्ष,बिषयगत शाखाका प्रमुख,भिएसओ का परियोजना अधिकृत देबि न्यौपाने,सहयात्रा परियोजनाको सामुदायिक परिचालक मिना गुप्ता लगायतकाको उपस्थिति रहेको थियो । जेजेवाईसी बाराको सहयात्रा परियोजनाका लर्निङ्ग एन्ड डकुमेन्टेशन अफिसर नरेश साहले कार्यक्रमको सन्चालन गरेका थिए । भने सहजीकरण सहयात्रा परियोजनाका कार्यक्रम प्रबन्धक मनोज यादवले गरेका थिए ।
युरोपियन युनियन र युके एड को आर्थिक सहयोगमा भएको कार्यक्रममा भिएसओ कलैया उपमहानगरपालिकाको समन्वय एवन जनजागरण युवा क्लब कलैयाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर