साजिर मन्सूर
कलैया,पुष २९
“शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ सम्मुनत कलैया नगर, कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” भन्ने नाराका साथ बाराको सब भन्दा जेठो नगर कलैया उपमहानगरपालिकाको दशौ नगर सभा शुरु भएको छ । सदरमुकाम कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभा हलमा नगर सभाको नगर प्रमुख बिनोद साहले पानसमा बति बालेर उदघाटन गरेका हुन । मेयर साहले नगर सभाबाट केवल जन अपेक्षा अनुकुलको नीति कार्यक्रम लागू गरिने र सन्चालन गरिने बताए । परम्परागत शैलीको योजना मात्र नराखी अति आवस्यक योजना प्राथमिकिकरण गरेर अगाडी बढिरहेको बताए ।
प्रमुख प्रशासकिय अधिकृत नाथु साहले स्वागत मन्तब्य दिदै नगर सभा यो हिउदे नगर सभा भएको बताए । यसमा आवस्यक नीति निर्माणका लागि यो अधिवेशन गरिएको बताए । आवस्यक तीन वटा बिधेक पास गरिने समेत बताए । असारमा पारित भएको नीति तथा कार्यक्रममा थप घट गर्नुपर्ने योजनाहरुलाई थप घट गर्न यो सभाले आवस्यक कदम चाल्ने र सोही बमोजिम अगाडी बढ्ने बताए । साहले यो नगर सभा बाट तीन वटा विधेक पास हुने जसमा कलैया उपमहानगरपालिका सचिवालय गठन तथा सन्चालन नियमावली,२०७९ एवम राम जानकी मन्दिर सन्चालन तथा ब्यवस्थापन निर्देशिका,२०७९ तथा करारमा प्राबिधिक तथा अन्य कर्मचारी ब्यवस्थापन सम्बन्धि कार्यबिधी २०७९ पास गर्न लागिएको जानकारी गराए । साहले पहिलो बिधेक बाट नगर प्रमुख र उप प्रमुखको लागि स्वकिय सचिव,सवारी चालक प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राख्न बाटो खुल्ने जनाए ।
कार्यक्रममा उप मेयर रौशन प्रविण,सबै २७ वटै वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु सहित सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा नगर सभा सदस्यहरुलाई अपमान हुने गरि सभा सन्चालन गरिएको प्रती घोर आपती रहेको नगर सभा सदस्य मनोज कुमार साहले बताए । साहले वडा अध्यक्षहरुलाई मन्चमा बसाई नगर सभा सदस्यहरुलाई तल बसाएको प्रती आफुहरुको अपमान भएको बताए । तर नगर प्रमुख साहले उदघाटन शत्रमा मात्र कार्यपालिका सदस्यहरुलाई मन्चमा बसाएको बन्द शत्रमा सबै साथिहरु समान रुपले बस्ने ब्यवस्थापन मिलाइएको भन्दै समझदारी पुर्वक सबैले आफ्नो सभालाई आफ्नो सम्झी सफल गराउन आग्रह गरेका थिए ।
कार्यक्रमको सन्चालन सुरेश धमलाले गरेका थिए ।