सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष बर्माको काठमाडौको मेडिसिटी हस्पिटलमा ७० वर्षको उमेरमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।उनको मृत्यु भएको पुष्टि गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले गर्नु भएको छ ।

लामोसमयदेखि क्षयरोग (टीवी) ले पीडित गाउँपालिका अध्यक्ष स्वास्थ्य अवस्था बिग्रिएपछि गएको १४ गते मेडिसिटीमा भर्ना भएका थिए ।ऊनी नेपाली काँग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर