बिश्वास सम्बाददाता
कलैया , १० माघ

नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपालबाट साधारण सदस्य समेत नरहने गरी अनिल पाण्डेयले राजिनामा दिएका छन्। पाण्डेयले बितेको यहि ५ गते आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत राजिनामा दिएका थिए।

पाण्डेय प्रेस सेन्टर नेपालको मधेश प्रदेश सचिव रहेका थिए। नेकपा माओवादी केन्द्र सरकारमा रहेपनि पाण्डेयले प्रदेश सचिवबाट राजिनामा दिएका छन्।

पाण्डेय पत्रकारिता शुरु गरेदेखि नै प्रेस सेन्टर नेपालमा आबद्ध रहेका थिए ‌। प्रेस सेन्टरको कोटाबाट नै पत्रकार महासंघको सदस्यता प्राप्त गरेको पाण्डेय हाल पत्रकार महासंघ बारा शाखाको कार्य समिति सदस्य समेत रहेका छन। साथै पाण्डेयले आफ्नै नेतृत्वमा बाराबाट शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिका पनि सँचालन गर्दै आएका छन्।

बारामा प्रेस सेन्टर नेपाल सँगठन भनेको ब्यक्ति बादी भएको गुनासो गर्दै राजिनामा दिएको बताएका छन्। साथै बारामा गठन भनेको सँगठन केहि ब्यक्तीको पेवाको रुपमा मात्र रहेकोले केहि ब्यक्तीले आफ्नो निहित्त स्वार्थमा सँगठन बिस्तार हुन नसकेको बताएका छन्। साथै ति ब्यक्तिहरुले आफु खुशी सँगठनलाई हाँक्न खोजेकोले कलैया स्थित सँगठन छाड्ने सँख्या पनि वृद्धि हुदै सँगठन नै कमजोर भएको पनि उनले बताएका छन्।

साथै पाण्डेयले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत राजिनामा दिदै अब उप्रान्त कुनै पनि पार्टीको भातृ सँगठनमा आबद्ध नभई स्वतन्त्र रुपमा आफ्नो पत्रकारिता पेशालाई मर्यादित बनाउदै जाने बताएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर