प्रियन्का कुमारी दास
कलैया,माघ १९

नेपाल प्रेस युनियन मधेस प्रदेश को प्रथम अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशन सम्पन्न गर्न विभिन्न उप समिती चयन गरिएको छ। कलैया स्थित करण राज पार्टी प्यालेसमा यहि माघ २१ गते हुने प्रथम अधिवेशन सम्पन्न गर्न आज नेपाल प्रेश युनियनको बसेको बैठकले विभिन्न उप समिती निर्माण गरेको प्रेस युनियन बाराका सचिव साजिर मन्सूरले जनाएका छन ।
आवास ब्यवस्थापन उप समितीको संयोजकमा साजिर मन्सूर,भोजन ब्यवस्थापन उप समितीको संयोजकमा उमा शंकर कुश्वाहा,मन्च तयारी उप समितिको सम्योजकमा सन्जिव मिश्रा,स्वागत सत्कार उप समितीको संयोजकमा श्यामबाबु यादव,सुचना तथा प्रचारप्रसार एवम घोषणा पत्र तयारी उप समितिको संयोजकमा गुरु प्रसाद गौतम सदस्यहरूमा वसन्त खतिवडा,रेशम तिवारी,र निबेश तिमिल्सिना चयन भएका छन ।
प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन कार्यक्रमको उदघाटन गर्न नेपाली काङ्ग्रेसका केन्द्रिय महामन्त्री गगन थापा कलैया आउने युनियनका अध्यक्ष श्यामबाबु यादवले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार