साजिर मन्सूर
कलैया,माघ २७
बाराको अग्रणी जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैयाले आफ्नो ७ औ बार्षिकोत्सवको अवसरमा दुई दिने बृहत् निशुल्क स्वास्थ्य सिबिर को सन्चालन गरेको छ । कलैया स्थित दहि बजारमा एक कार्यक्रमका बिच नगर प्रमुख बिनोद साहले सो दुई दिने निशुल्क स्वास्थ्य शिबिरको रिबन काटेर उदघाटन गरेका छन । कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख साहले जीवन ज्योती संस्था कलैया सहित बारा बासिको लागि बरदान नै भएको बताएका छन । प्रमुख अतिथि समेत रहेका मेयर साहले जीवन ज्योती कोरोना कालमा समेत विभिन्न खालका कार्य गरि कलैया बासिको मन मुटुमा बस्न सफल भएको सहकारी संस्था रहेको बताउदै जीवन ज्योतिका समस्त सदस्यलाई आभार ब्यक्त गरेका छन । समाजिक उतरदायीत्व समेत बहन गर्दै यश संस्थाले सदस्य सहित समाजका गरिब दलित असहाय एवम बिपन्न बर्ग सङ्गै समस्त आवस्यकता भएको सम्पन्न परिवारलाई पनि स्वास्थ्य सेवा दिएको प्रती धन्यवाद ब्यक्त गरेका छन ।
शिबिरमा आज पहिलो दिन आँखा,कान तथा नाक का बिरामिहरुले विशेषज्ञ तथा अनुभवी डक्टरहरुबाट उपचार गराई रहेका संस्थाका अध्यक्ष दिलिप कुमार चौधरीले जनाएका छन । अध्यक्ष चौधरीले पहिलो दिन किरण अस्पतालका रेटिना तथा जलबिन्दु विशेषज्ञ फेको विशेषज्ञ डा. अमर क्याल,कृष्ण डेन्टल क्लिनिक का मुख तथा दात रोग विशेषज्ञ डा. मुकेश कुमार यादव र डा. मेरिना बिराजिले उपचार गर्ने जनाएका छन । संस्थाका अध्यक्ष चौधरीले निशुल्क चेकजाँच सङ्गै शिबिरमा औसधि समेत निशुल्क बितरण गरिने जनाएका छन ।
यस्तै भोलि २८ गते पनि दिनभर चर्चित कन्सल्टेन्ट फिजिसियन डा. राकेश तिवारी,मेडिकल अफिसर डा.बद्री दास,बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. मनोज कुमार यादव,चर्म रोग विशेषज्ञ डा. रोहित गुप्ता,स्त्री तथाप्रसुती रोग विशेषज्ञ द्वय डा. बब्ली मिश्रा तथा डा. बबिता चौधरी,बरिस्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ द्वय डा. नवीन कुमार सिंह तथा डा. मनोज प्रसाद कुश्वाहा एवम कन्सल्टेन्ट नाक कान घाँटी र हेड नेक सर्जन डा. आमोद श्रेष्ठ द्वारा निशुल्क चेकजाँच गरि औषधि समेत बितरण गरिने योजना रहेको सन्स्थाका अध्यक्ष चौधरीले जनाएका छन ।
अध्यक्ष चौधरीले संस्थाले अझ ससक्त रुपमा यी र यस्ता समाजिक कार्यमा अझ दरिलो रुपमा लाग्ने प्रतिबद्धता जनाएका छन ।
सो अवसरमा जिल्लाका विभिन्न समाजसेवी,पार्टी का नेता,जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन संस्थाको कर्मचारी सिदान्त तिवारिले गरेका थिए भने स्वागत संस्थाका सदस्य निरन्जन अग्रवालले गरेका थिए ।