साजिर मन्सूर
कलैया फाल्गुन २
बाराको बिश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा सुधन लामिछाने हाजिर भएका छन । प्रधानमन्त्रीको कार्यालयबाट सरुवा भएर आएका लामिछानेलाई गाउपालिका अध्यक्ष जुल्फकार अलि भुटोले स्वागत कार्यक्रम गरि गाउपालिकामा हाजिर गराएका छन । गाउपालिका अध्यक्ष भुट्टोले गाउपालिकाको बिकासमा लामिछनेको महत्वपूर्ण भुमिका हुने बताउदै गाउँ सभाले गरेका सबै निर्णय लाई कार्यान्वयन मा लग्न लामिछाने तत्पर हुनुपर्ने बताएका छन । यता लामिछानेले आफ्नो मुख्य दायीत्व नै गाउँ सभाको निर्णय बमोजिम सबै योजना कार्यान्वयन गराउने रहेको रसोही अनुसार अगाडी बढ्ने बताए । यस अगाडि रहेका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाको सरुवा मुख्यमन्त्री को कार्यालय जनकपुरमा भएको छ । सो अवसरमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको गाउपालिका अध्यक्ष भुट्टोले जानकारी गराएका छन ।







