साजिर मन्सूर
बिरगंज,फाल्गुन ७

रास्ट्रको लागि हरेक खेलको अब्बल खेलाडी उत्पादन गर्न आवस्यक लगानी गर्ने बिरगंज महानगरपालिकाका उप मेयर तथा काङ्ग्रेस का प्रभावशाली नेता ईम्तियाज आलमले बताएका छन । भेटरान्स सिटि क्लब द्वारा वीरगंजका पहिलो मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको सम्झनामा आयोजित अन्डर स्कुल फुटबल प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका उप मेयर आलमले यस्तो बताएका हुन । उप मेयर आलमले खेल शरीरको लागि लाभदायक भएको बताउदै खेलले नै अनुशासन पनि सिकाउने बताएका छन । आजको युगमा खेलकुद र योगाभ्यास स्वस्थ शरिरको लागि अनिवार्य भएको आलमले बताए । यो फुटबल खेल ले हामी लाई राम्रो खेलाडीहरु पाउने र त्यो खेलाडी ले हाम्रो बिरगंज को नाम रोसन गर्ने तथा देश को लागि गोल्ड मेडल जितने पनि बताए । खेलाडीहरुले अनुशासित भएर खेल्दै भोलि देश को नाम उचाई मा पुर्याउनु हुने छ भन्नेमा आफू बिश्वस्त भएको आलमले बताए । आयोजक क्लबलाई धन्यवाद दिदै यस्तो प्रतियोगिता गरिरहन आग्रह समेत आलमले हौस्ला दिएका छन । उप मेयर आलमले खेल र खेलाडीको बिकास गर्न बिरगंज महानगर कहिल्यै पछाडी नपर्ने बताएका छन ।
उप मेयर आलमले सबै खेलाडी हरु संग हात मिलाई जित को शुभकामना समेत दिएको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर