प्रीयन्का दास
कलैया,फाल्गुन १५
साधना लघुबित बितिय संस्था लिमिटेडले आफ्ना सदस्य महिलाहरुलाई ३ दिने पापड बनाउने तालिम सम्पन्न गरेको छ । संस्थाको पटेर्वा शाखा अन्तरगतका विभिन्न सदस्यहरुलाई आदर्श कोत्वाल गाउपालिका ६ पटेर्वामा आयोजित तालिममा सहभागी गराईएको शाखाका प्रमुख राजकुमार तुराहाले जनाएका छन । शाखा प्रमुख तुराहाले हालको समयमा लघुबित बितिय संस्थाहरु प्रती देखिएको अबिस्वासलाई समेत मेट्न यो तालिमले सहयोग गर्ने बिश्वास लिएको बताएका छन । तालिम पश्चात् महिला सदस्यहरुले आ आफ्नो आय स्तर बढाउने तुराहाले बताएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702