प्रीयन्का कुमारी दास
कलैया,फाल्गुन १९

कलैया ब्राईट ल्यान्ड ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१ औ बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । कलैया ६ स्थित आदर्श टोलमा रहेको बिधालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
बिधालयमा हाल करिब ७ सय छात्र छात्रा हरु अध्ययन गरिरहेको बोर्डिङका प्रधानाध्यापक आनन्द कुमार दासले जानकारी गराए । २०५० सालमा नै स्थापना भएको ब्राईट ल्याण्ड बोर्डिङ बाराको एक ख्याती प्राप्त बिधालय भएको दासले बताएका छन । ३ सय बिद्यार्थी बाट शुरु गरिएको बिधालयको अध्ययन अध्यापन अहिले गुणस्तरीय रुपमा अगाडि बढिरहेको दासले जनाए । बिधालयमा बिद्यार्थी ओसारपसार गर्न ३ वटा बस,आफ्नै बिधालय भवन,खेलकुद मैदान,पुस्तकालय,प्रयोगशाला रहेको प्रधानाध्यापक दासले जानकारी गराए । यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डक्टर,ईन्जिनियर,पत्रकार सङ्गै राजनैतिक छेत्रमा समेत पुगेका छन । यस्तै यहाका बिद्यार्थीहरु रास्ट्रीय अन्तरास्ट्रिय स्तरको खेलाडीहरु समेत भैसकेका बिधालयका संस्थापक मनोज यादवले जनाएका छन ।

बिधालयका संस्थापक तथा अध्यक्ष रामधारी यादवको अध्यक्षता तथा नेकपा एमालेका प्रभावशाली नेता प्रदेश सभा सदस्य महमद समिरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष राम बिश्वास ठाकुर,शिक्षा युवा तथा खेलकुद महाशाखा कलैयाका प्रमुख उप सचिव प्रल्हाद प्रसाद बर्णवाल,अतिथिहरु गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,भोजपुरी प्रतिस्ठान बाराका अध्यक्ष रामप्रसाद साह,खो खो का प्रशिक्षक क्यामुदिन मन्सूर,नेपाल प्रेस युनियन बाराका सचिव एवम बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर,मनकामना कलेजका संस्थापक रामबाबु कुश्वाहा सहित अभिभावक एवम शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
बिधालयका शिक्षक सुनिल कुमारले स्वागत गरेको कार्यक्रमको सन्चालन मनोज यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर