साजिर मन्सूर
कलैया,फाल्गुन १९
“समृद्धि तथा सुखी ब्युटिसियनहरुका लागि समाजिक सुरक्षा र रोजगार” भन्ने नारा सहित नेपाल ब्युटिसियन संघ बाराको चौथो जिल्ला अधिवेशन बारा सदरमुकाम कलैयामा शुरु भएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस सम्बद्घ नेपाल ब्युटिसियन संघको चौथो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट अध्यक्ष पदमा पुनः शोभा सरार्फ सर्वसम्मत निर्वाचित भएकी हुन । अधिवेशनबाट उपाध्यक्षमा शाबित्रा भट्ट,सचिवमा जानकी भट्टराई,सह सचिवमा रुहि प्रविण,कोषाध्यक्ष राधिका चालिसे,सह कोषाध्यक्ष सुनिता कुमारी साह,सदस्यहरुमा क्रमशः सङ्गिता देबि साह,कन्चन गोले,रिता थापा मगर,शर्मिला दर्लामी मगर,दुर्गा कुमारी श्रेष्ठ ,सन्ध्या कुमारी गुप्ता,नन्द माया घले सर्व सम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत साजिर मन्सूरले जनाएका छन ।
ब्युटिसियनहरुको अधिवेशन भनेको महान चाड जस्तै भएको प्रमुख अतिथि नेपाल ब्युटिसियन संघको केन्द्रिय अध्यक्ष भगवती खड्काले बताईन । हामी आफैले कमाएको पैसा बाट सरकारलाई ट्याक्स तिर्ने महिला भएकोले आफुलाई गर्वका साथ हेर्न खडकाले भनिन । अन्य महिलाले श्रीमानले कमाएको खान्छन भने ब्युटिसियनहरुले आफैले श्रम गरेर खान्छौ खड्काले भनिन । देशको नीति बनाउने ठाउमा समेत नेपाली ब्युटिसियन साथिहरु पुग्नुपर्ने बताईन । ब्युटिसियनहरुले निरन्तर काम गरेर राज्यलाई कर तिर्छौ तर राज्यले ब्युटिसियनहरुलाई राज्यले के दिदैछ भन्ने कुराको लागि आफुहरुको लडाई जरुरी रहेको खड्काले बताईन । खड्काले छोरा र छोरिको समान शिक्षाको वकालत हामिले गर्नुपर्ने हुन्छ । राजनिती भनेको राज हो त्यसैले राजनिती बाट वास्ता छैन भनेर कुनै ब्युटिसियनहरुले भन्न नपरोस भन्दै खड्काले ब्युटिसियनहरुका लागि आवस्यक निर्णायक लडाई लड्न पनि हामी तयार रहनु पर्ने बताईन ।
नेपाल ब्युटिसियन संघ बाराको अध्यक्ष शोभा सरार्फको अध्यक्षता एवम केन्द्रिय अध्यक्ष भगवती खड्काको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा बिशिस्ट अतिथी पुर्व मन्त्री काङ्ग्रेस नेतृ कलावती पास्वान,नेपाली काङ्ग्रेस प्रदेश कमिटी सदस्य मनमाया तामाङ्ग,नेपाल ट्रेड युनियन काङ्ग्रेसको बारा अध्यक्ष बिश्वमणी शर्मा,बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप गुप्ता,महासचिव सरिता गौतम,प्रदेस सदस्य राधा हमाल,छेत्रीय सदस्य सानू लामा,घरेलु तथा साना उधोग कार्यालय बाराको प्रमुख धर्मेन्द्र लाल कर्ण,ब्युटिसियन संघ पर्साको अध्यक्ष उर्मिला थापा लगायतकाको उपस्थिति रहेको थियो ।
चौथो जिल्ला अधिवेशन गराउन नेपाल ब्युटीसियन संघ केन्द्रले नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूरलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर पठाएको जसको सदस्यमा बिनोद तुलाधर र मनमाया तामाङ्गलाई तोकेर पठाएको थियो ।
नेपाल ब्युटिसियन संघ बाराको उपाध्यक्ष आशा दहालले स्वागत गरेको उदघाटन कार्यक्रमको सन्चालन सरस्वती खरेलले गरेकी थिइन ।