बिश्वास सम्बादाता
कलैया,चैत ३

बाराको कलैयामा आज बिहान स्कुल बसको ठक्करबाट एकजना तीन वर्षीय बालकको ज्यान गएको छ ।कलैया उपमहानगरपालिका १ मोतिबागस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमा ज्यान गएको हो ।ज्यान जानेमा भारत मुजफरपुर घर भई हाल कलैया उपमहानगरपालिका १ मोतिबागमा बस्ने विनोद कुमार सोनारको तीन वर्षीय छोरा कार्तिक कुमार साह रहेका छन्।वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले टाउकोमा किच्दा बालक साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीको टोलीले बससहित चालक नन्द कुमार साहलाई नियन्त्रणमा लिएर आवस्यक कार्वाही थालेको जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार