साजिर मन्सूर
कलैया,चैत्र २१

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखाले संस्थाको १५ बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयामा फलफुल बितरण गरेको छ । प्रादेशिक अस्पताल कलैयामा भर्ना भएका र उपचार गराउन गएका ५० जना बिरामिहरुलाई फलफुल बितरण गरिएको शाखा प्रबन्धक सोनालाल सहनिले जनाएका छन । फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका अध्यक्ष प्रकाश चौगाई,कलैया उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रन्जित चौरसिया,जिल्ला बन पैदावर आपूर्ति समिती बाराका अध्यक्ष एवम कलैया उपमहानगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष जलाउदिन मन्सूर,समाजसेवी नन्हे मन्सूर,कलैया अस्पतालका डाक्टरहरु,कम्पनीका कर्मचारी एवम अभिकर्ताहरुको उपस्थिति रहेको एशियन लाईफ ईन्स्योरेन्श कम्पनी को सिमरौनगढ उपशाखा प्रमुख सियाराम प्रसाद गुप्ताले जनाएका छन । कम्पनीले हरेक बर्ष समाजिक उतरदायीत्व अन्तरगत प्रतेक बर्ष यस्ता समाजिक काम गर्दै आएको कलैया शाखा प्रमुख सहनिले जानकारी गराएका छन ।
एशियन लाईफ इन्स्याेरेन्सकाे सफलतामा अमूल्य याेगदान पुर्याउनु भएका बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभाव, संचालक समिति, नेपाल बीमा प्राधिकरण लगायत अन्य नियमनकारी निकाय, व्यवसायीक् साझेदार,संचारकर्मीलगायतमा कम्पनिका कार्यकारी प्रमुख दिनेशलाल श्रेष्ठले हार्दिक कृतज्ञता व्यक्त गरेका छन । कम्पनीले स्थापना देखि हाल सम्म आव २०७९/०८० को फाल्गुन मसान्त सम्ममा अधिकृत पुजि ५ अर्ब,जिवन बिमा कोष रु. ३५ अर्ब ६० करोड,कुल लगानी रु.३९ अर्ब ८ करोड पुर्याएको कम्पनीले जनाएको छ । यस्तै अहिले सम्म कुल बिमा शुल्क आर्जन रु.४ अर्ब ५५ करोड,बिमालेख संख्या ६ लाख ११ हजार,शाखा उपशाखा १५१ वटा र सहायक कम्पनी १ वटा एशियन क्यापिटल लिमिटेड रहेको जनाएको छ । कम्पनीमा हाल सम्म ३ सय कर्मचारी रहि देशभर सेवा बिस्तार गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर