साजिर मन्सूर
कलैया,चैत २९

कलैयाको गार्डेन सिटि कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई बिदाई गरेको छ । करण राज पार्टी प्यालेस कलैयामा आयोजना गरिएको सम्मान तथा बिदाई कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ६१ जना छात्रछात्राहरुलाई बिदाई गरिएको कलेजका सन्चालक चन्द्रीका गुप्ताले जनाएका छन । गार्डेन सिटि कलेज को- अपरेटिभ सेकेन्डरी ईङ्लिश बोर्डिङ स्कुलको मातहतमा सन्चालन हुँदै आएको छ। कलेजले आफ्नो सो कक्षाको पहिलो ब्याचको बिदाई गरिएको कलेजले जनाएको छ । कक्षा १२ को परिक्षा आउदो बैशाख २६ गते देखि शुरु हुदैछ । कलेजले यो बर्षदेखि अझ अध्ययन सिकाईलाई डिजिटल बनाउने जनाएको छ ।
कलेजका सन्चालक गुप्ताको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लेजका शेयर धनी लालमहमद अन्सारी, रमेश ठाकुर,रामबिनय यादव,बिबेकशिल साझा पार्टी का प्रदेश अध्यक्ष डा.सुशील साह,राजेन्द्र सहनी,जिनियस डान्स एकेडेमीका प्रबन्धक अन्कुश ब्याहुत,अर्जुन कलवार,अरबिन्द यादव,बृजेस्वर पटेल् सहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार