साजिर मन्सूर
कलैया,बैशाख १८
बाराको सदरमुकाममा कलैया ट्राभल्स एन्ड टुर्स प्राली आज बाट सन्चालनमा आएको छ । कलैया ४ बैंक रोडमा लक्ष्मी बैंकको तल प्रालीको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । प्राली सन्चालनमा आए सङ्गै अब श्रम स्वीकृतिको कामका लागि काठमाडौ जान नपर्ने प्रालिका
सन्चालक एवम प्रबन्ध निर्देशक मकबुल अन्सारीले जनाएका छन । अन्सारीले बिश्वको हरेक देशको हवाई टिकट,होटेल बुकिङ्ग,भिजिट भिजा,रेमिटेन्सको कार्य जस्ता सेवा उपलब्ध गराईने जनाएका छन । बिश्वको जुनसुकै देशमा रकम पठाउन एवम अन्य देशबाट सहज सरल रुपमा पैसा मगाउन सकिने अन्सारीले जनाएका छन ।
अन्सारीले अहिले अफिसमा सेवा दिन ७ जना कर्मचारीले सेवा दिने जनाएका छन ।
यस अघि प्रालिको उदघाटन प्रबन्धक अन्सारीकि आमा ६२ बर्षिय जाहेरा खातुनले रिबन काटेर गरेकी हुन ।
सो अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सैफुल्लाह अन्सारी,कलैया स्थित मदर्सा सल्फिया कन्जुल उलुम का अध्यक्ष एवम चर्चित समाजसेवी मौलाना अब्दुल रहमान,समाजसेवी समसुलहक मिया,हाजी भोला मिया,नेबि संघका नेता राकेश पाण्डे लगायतकाको उपस्थिति रहेको प्रालिका फिरोज मन्सूरले जानकारी गराएका छन ।







