साजिर मन्सूर
कलैया,बैशाख २०
कलैयामा शि लिड्स(महिला नेतृत्व कार्यक्रम)को आयोजनामा स्थानिय तहमा लैङ्िगक उतरदायी बजेट निर्माण सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
करण राज पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । स्थानिय तहको बजेट निर्माण प्रक्रियामा लैङ्िगक उतरदायी बनाउन विशेष छलफल गरिएको छ ।
बजेट निर्माण प्रक्रिया सङ्गै राजनैतिक र निर्णय प्रक्रियामा महिलाको अर्थ पुर्ण सहभागीतालाई प्रवर्द्धन गर्ने,राजनितिमा महिला विरुद्ध हुने हिंसाको कमि गराउन,राजनितिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न समेत सरोकारवालाहरुको जोड हुनुपर्नेमा सोही अवसरमा कोल्बी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरिले जोड दिएका छन ।
खास गरि अहिलेको समाजमा महिलाहरुलाई कसरी राजनितीक प्रतिनिधित्व सुनिस्चित गर्न सकिन्छ र त्यसका लागि सरोकारवालाले के कसरी भुमिका खेल्न सक्छन भन्ने बिषयमा महत्वपुर्ण छलफल सहित भुमिकाका बारेमा गहन छलफल समेत गरिएको थियो ।
मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले केवल भौतिक पुर्वाधारको बिकास मा मात्र साझेदारी गरि कार्यक्रम हुँदै आएपनी सफ्ट वेयरको काम नहुने हुदा महिलाको राजनितीक अधिकार बन्चित हुँदै आएको बताउदै अर्थपूर्ण रुपमा बजेट निर्माण प्रक्रियामा महिलाहरु सहित सबै कलस्टरको सहभागीता हुनुपर्नेमा जोड दिए ।
सम्विधानले पनि लैङ्िगक उतरदायी बजेट बनाउन सबैको अर्थपूर्ण सहभागीता हुनुपर्ने भने पनि त्यो हुन नसकेकोमा महिलाहरु दुखित भएको बताए ।
कार्यक्रममा महागढिमाई नगरपालिका को उप प्रमुख तारा देबि,निजगढ नगरपालिकाको उप प्रमुख सोममाया थिङ्ग, आदर्श कोत्वाल गाउपालिकाका अध्यक्ष जवाहर प्रसाद साह,उपाध्यक्ष मिरा देबि,परवानिपुर गाउपालिकाका अध्यक्ष राम छेत्री प्रसाद कुर्मी ,प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवाल,उपाध्यक्ष किरण देबि,प्रसौनी गाउपालिकाकाको सुचना प्रबिधि अधिकृत राजेश कुमार गोस्वामी सहित पालिकाहरुको ३० जना महिला जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा बाराका ६ पालिकाहरु महागढिमाई नगरपालिका,कोल्बी नगरपालिका,निजगढ नगरपालिका,प्रसौनी गाउपालिका,परवानिपुर गाउपालिका,आदर्श कोत्वाल गाउपालिकाका प्रमुख उप प्रमुख तथा सम्बन्धीत शाखाका कर्मचारीहरुको सहभागिता रहेको संस्थाका बारा कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।
अन्तरक्रियाको सहजीकरण चर्चित सहजकर्ता जितेन्द्र यादवले गरेका थिए भने स्वागत महिला अधिकारकर्मी तथा मान्डविको मास्टर ट्रेनर निभा सिंहले गरेकी थिईन ।