प्रीयन्का दास
कलैया,बैशाख २१

फेंटा गाउँपालिकाले सार्वजनिक खरिद ऎन बमोजिम सामग्री खरिद गरिएको गाउँपालिका अध्यक्ष रुस्तम अंसारिले दाबी गरेका छन । फेटा गाउँपालिकाले सामग्री खरिद गर्दा प्रक्रिया नपुर्याई खरिद गरेको भनी कहि कतै बाट सुन्नमा आउनु हास्यास्पद भएको बताएका छन । पाच बर्ष सम्म पालिकालाई आफ्नो सम्पत्ति सम्झेर दुरुपयोग गर्नेहरुलाई अहिलेको सुशासन पच्न नसकेको गाउपालिका अध्यक्ष अन्सारीले बताएका छन । विपक्षीहरुको पछाडी लागेर अहिलेको कार्यपालिकालाई चरित्र हत्या गर्न खोजिएको भन्दै त्यसबाट आफुहरु कदापी नडराउने र जनताको चाहना बमोजिम अहोरात्र काम गर्ने प्रतिबद्धता जनाएका छन । बिना आधारले कसैको चरित्र हत्या ,लान्छना लगाउनु गलत रहेको बताउदै आफ्नो स्वार्थ पूरा नभएपछि गाउपालिकालाई नै बदनाम गर्न लागेकाहरुलाई जनताले नै जवाफ दिने अध्यक्ष अंसारिले बताउनु भयो । फेटा गाउँपालिकाको समृधी र बिकासको लागि आफुले हरेक क्षेत्र शिक्षा ,स्वास्था , कृषिमा आधुनिकरण ल्याउन पहल गरेको वहाँले बताएका छन । फेटा गाउँपालिकाकाले कुनै पनि काम पारदर्शी हिसाबले गरेको सार्वजनिक मठ ,मन्दिर ,सडक नालामा बजेट बिनियोजन गरिएको वहाँले बताए । गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत गौरी शंकर कुमार सिंहले फेटा गाउँपाकिका भित्र एउटा मात्र अध्यक्ष चढने गाडी भएको कारण कार्यपालिकाको निर्णय बमोजिम नै मांसिक ६५ हजार भुक्तानी गर्ने गरि निर्णय भएको तथा गाउँपालिकाको गाडी आवस्यकता अनुसार आफुले प्रयोग गर्दै आएको र बेला बेला स्वास्थ्य चौकिहरुमा औसधि ओसारन,नग्र प्रहरी चढ्न प्रयोग भैरहेको प्रतिक्रिया दिनु भएको छ । फेटा गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गौरिशंकर कुमार सिहंले मिलोमतोमा खरिद ऎन बिपरित सामग्री खरिद गरेको आरोप आधारहिन रहेको कार्यालय प्रमुख सिहले दाबी गरेका छन । फेटा गाउँपालिकाले औसधि खरिद , कृषी सामग्री कोटेसन मार्फत खरिद गरिएको सिंहले दाबी गरेका छन । फेटा गाउँपालिकाको समृधी र बिकासमा स्थानीय तह ,कर्मचारी इमानदारी साथ काम गरेको कार्यालय प्रमुख गौरिशंकर कुमार सिंहले बताउदै यसरी हामिलाई हतोत्साहित गर्ने कार्य निन्दनिय भएको र यसता खालका झुठा आरोपले आफुहरुको मनोबल गिर्ने भन्दै दुख प्रकट गरेका छन ।
यता फेटा गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रह्लाद साहले यसरी कपोकल्पित किसिमले गाउपालिका अध्यक्ष र कार्यपालिका प्रती पुर्वाग्रह राखेर सुचना सम्प्रेषण हुनु गलत भएको बताउदै आफुहरु सबै मिलेर जनताको काम गरिरहेको बताएका छन । अहिले सम्म हामिले गरेका कामको अनुगमन गरेर सत्य तथ्य सम्प्रेषण गर्न उनले आग्रह गरेका छन । यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष वकिल प्रसाद यादवले अहिले आफुहरुको एक बर्ष पनि नभएको तर अहिले देखि नै विपक्षीलाई पेट दुख्नु गलत भएको बताएका छन । जनताको सारा काम सेवक भएर गाउपालिका अध्यक्ष र आफुहरु गरिरहेकाले विपक्षीलाई नपच्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन । यादवले जसले जे भनेपनी आफुहरु जनताको काम गर्न अलिकती पनि कन्जुस्याइँ नगर्ने र कसैको आरोप प्रत्यारोप बाट पनि नडराउने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर