सप्तरी ।भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सशस्त्र प्रहरीले सप्तरी बाट पक्राउ गरेको छ ।

जिल्लाको सुरूङा नगरपालिका वडा नम्बर ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनु भयो ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट डाइलेक्स डिसी १० एमएलको १० थान, नाइट्रेजेपेम आइपी ट्याब्लेट २० थान र स्पास्पोर मोनप्लस १४४ थान बरामद गरिएको उपरीक्षक श्रेष्ठले बताए ।
ऊनीहरु दुबै लाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर