साजिर मन्सूर
कलैया,जेष्ठ २६
मौसम प्रतिकुलता र जल वायु परिवर्तनका कारण एकासी बढेको गर्मिका कारण वर्षा नहुदा जनजिवन अत्यधिक प्रभावित भएको कारण बाराका १० गाउका मुस्लिम समुदायहरु सामुहिक नमाज पढेर अल्लाह पाक सङ्ग पानी माग्न भोलि ईस्तिस्काको नमाज पढ्न लागेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीको सामुदायिक नर्सरीमा सामुहिक नमाजको आयोजना गर्न लागिएको कलैया भवानिपुर जामे मस्जिदका ईमाम महमद रिज्वान तैमीले जनाएका छन । यो नमाज ईदुल फित्र ईदको नमाज जस्तै पढिने भएपनी यसमा दुवा माग्दा उल्टो हात गरेर दुवा मागिने तैमिले जनाएका छन । यो नमाज मुस्लिम समुदायको पाक किताब कुरान हदिसमा समेत यसको ब्याख्या गरिएको तैमिले बताउदै सो बेला पनि पानी नपरेर मानव जीवन बेहाल भएको बेला मुस्लिमहरुको नबि मुसा अलैहिस्स्लामले खुल्ला ठाउमा गएर सामुहिक नमाज पढाएर दुवा मागेपछि अल्लाहले पानी वर्षा गराएको बताए । यो नमाज पढ्न आउदा सबैले पुरानो कपडा लगाएर आउन पनि सबैसँग तैमिले आग्रह गरेका छन । यो नमाजमा कलैया भवानिपुर,कलैया बजार,पर्शा टोल,बैजनाथपुर,रामपुर,बनजरिया,ब्रहमपुरी,सुराही,ईनर्वा,हरपुर,मझौलिया लगायतका अन्य गाउका मुस्लिम समुदायहरु सहभागी रहने जसमा अन्दाजी ७ हजार मुस्लिमको सहभागिता रहने आकलन गरिएको जामे मस्जिद भवानिपुरका अध्यक्ष अलाउदिन मन्सूरले बताएका छन । यो नमाज भोलि दिनको १० बजे पढाईने भवानिपुरका मुस्लिम अगुवा हाजी राजमहमद मन्सूरले बताए ।
कलैया उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष दिपेन्द्र कुश्वाहाले नमाजिहरुको लागि आवस्यक ब्यवस्थापन मिलाउने कार्य भैरहेको बताएका छन ।
बिकासका नाममा बन जङ्गल अनावश्यक अतिक्रम,पुराना पुराना ठुलो ठूलो रुखको कटानी,स्थानिय तह आएपछि अनावश्यक रुपमा बिकासका नाममा आवस्यकता नभएको ठाउमा ढलान बाटो जस्ता कार्यले समेत जमिनको जल स्तर सुक्दै गएकोले यस्तो अवस्था आएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए । दासले समयमै यसको दुरगामी ब्यवस्थापन नगरिए यो भन्दा पनि भयावह अवस्था आउन सकिनेमा सम्बन्धित निकायको ध्यान जान जरुरी भएको बताएका छन । दासले यसरी लामो समयदेखि पानी नपर्दा मानव जगत त्रसित बनेका छन धेरै स्थानमा कलको पानी सुकेका छन खानलाई पनि पानीको अभाव भएका बेला मुस्लिम समुदायले यसरी समस्त मानव जातिकै लागि गर्न लागेको प्रार्थना को सबैले मुक्त कण्ठले प्रसंशा गर्नुपर्ने बताएका छन । साथै अध्यक्ष दासले यसमा सबैको सहयोग पनि हुनुपर्नेमा जोड दिएका छन ।







