कलैया ।झण्डै १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सिरहा–धनुषा जिल्ला जोड्ने कमला नदीको पुल भासिए पछी सिरहामा विरोध प्रर्दशन भएको छ ।

हुलाकी सडक संघर्ष समितिले पुलको पुनर्निर्माण र छानबिन माग गर्दै आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गरेको छ ।
गत असार १३ गते पुल निर्माण को काम सम्पन्न भइसक्ने सम्झौता भए पनि पुल निर्माण को काम सम्पन्न भएको छैन ।

हुलाकी सडक संघर्ष समितिले कमला नदिको पुलको लागि जाँच आयोग गठन गर्न माग गर्दै भ्रष्ट ठेकेदार मुर्दाबाद, ठेकेदार र सरकारको साँठगाँठ मुर्दाबाद, ठेकेदार, कर्मचारी र प्राविधिक साँठगाँठ मुर्दाको नारासहित प्रदर्शन गरेका थिए । 

पुल निर्माणको काम सम्पन्न नहुँदै सामान्य बाढी थेग्न नसकेर बिहीबार भत्किएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर