बिश्वास सम्बादाता
कोल्बी,असार १०

कोल्हवी नगरपालिकाको नगर सभाको दशौ अधिवेशनको प्रथम बैठक कोल्हवी नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष राम प्रसाद चौधरीको अध्यक्षतामा शुरु भएको छ । नगर कार्यपालिकाको कार्यालय, कोल्हवीको सभाहलमा शुरु सभाको उदघाटन मेयर चौधरीले गरेका छन । आगामी आ.ब. २०८०।०८१ को नीति तथा कार्यक्रम, नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीले प्रस्तुत गरेकी छन । कार्यक्रम तथा बजेट र प्रमुख प्रशासकीय अधिकृतबाट आर्थिक विधेयक, २०८० र विनियोजन विधयेक २०८० प्रस्तुत भएको हो । कोल्हवी नगर कार्यपालिकाको बैठकबाट नगरसभामा पेश गर्न नीति तथा कार्यक्रम र बजेट सम्वन्धी प्रस्ताव स्वीकृत भई आएकोमा नगर कार्यपालिकालाई स-धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ । दशौ नगर सभाको दोस्रो बैठक अषाढ २० गते बुधवार विहानको ११:०० वजे वस्ने गरी आजको बैठक समापन गरिएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर