प्रीयन्का दास
कलैया,असार १०
सुवर्ण गाउपालिकाको ११ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष राजेश यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३९ करोड ५० लाख ९१ हजार ६ सय ४० रुपैया को बजेट प्रस्तुत गरेको हो ।
गाउपालिका अध्यक्ष यादवले गाउपालिकालाई आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । यादवले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । यादवले शिक्षा स्वास्थ्य खानेपानी मा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
गाउपालिका अध्यक्ष राजेश यादवको अध्यक्षतामा सम्पन्न गाउ सभामा गाउपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, गाउ सभा सदस्यहरु,
सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत वकिल पालले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख बिध्यानन्द यादवले गरेका थिए ।
स्वागत गर्दै पालले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । पालले आफुहरु बिच स साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउपालिका बनाउने बताए । ईमान्दार भएर गाउपालिका को चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताए ।
गाउपालिका अध्यक्ष यादवले उत्कृष्ट कर्मचारीहरुलाई फुल माला दोसल्ला सहित नगदले पनि सम्मानित गरेका छन । यसरी सम्मानित हुनेमा शिक्षा तर्फबाट माबी का प्रधानाध्यापक ईद्रीश मिया,निमावी तर्फबाट मोजाहिर मिया,प्राबी तर्फबाट रामेस्वर पास्वान र सम्भु प्रसाद यादव लाई सम्मानित गरिएको हो । यस्तै स्वास्थ तर्फबाट हफिज मिया,सुजित यादव लाई सम्मानित गरिएको हो । प्राबिधिक तर्फ ईन्जिनियर सुमित साह र ईन्जिनियर अमित यादव लाई सम्मानित गरिएको हो । सिअनमि मन्जु पान्डे र शिक्षा सहायकमा कृष्ण कुमारी चौरसियालाई अध्यक्ष यादवले सम्मनित गरेका थिए । अध्यक्ष यादवले यसरी राम्रो काम गर्ने कर्मचारी को उच्च सम्मान गर्दा अझ अन्य कर्मचारी ले पनि प्रभावकारी रुपले कार्य सम्पादन गर्ने र अर्को बर्ष त्यस्ता कर्मचारी लाई सम्मान गरिने बताए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702