साजिर मन्सूर
कलैया,भदौ २

नेपालमै जेठो बिधालयहरु मध्येको एक बारा सदरमुकाम कलैया स्थित श्री ३ चन्द्र माबी लाई उत्कृष्ट एवम नमुना बिधालयको रुपमा अगाडी बढाउन सरोकारवाला सबैले आज प्रतिबद्धता जनाएका छन । बिधालयमा आयोजना गरिएको सरोकारवाला तथा अभिभावकहरु सङ्गको अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जाहेर गरिएको छ । उक्त अवसरमा सबै राजनितीक दलका नेता,समाजसेवी,शिक्षा प्रेमी अभिभावकले एक स्वरमा यस्तो बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व मन्त्री एवम काङ्ग्रेस का केन्द्रिय सह सचिव फर्मुल्लाह मन्सूरले आफू पनि २०२६ सालमा यहि बिधालयको बिद्यार्थी का रुपमा एसएलसी दिएकोले पनि यो बिधालय प्रती आफ्नो माया र स्नेह अत्यधिक भएको बताए । सबै ले एक भएर यो बिधालयको बिकासमा लागे असम्भव नभएको बताए । मन्सूरले सरकार बाट सक्दो सहयोग गराउने प्रतिबद्धता जनाउदै केवल भौतिक पुर्वाधार तर्फ मात्र केन्द्रित नभैइ समग्र शिक्षा प्रणाली नै सुधार गर्न लाग्नुपर्ने मा जोड दिए ।

कलैया उपमहानगरपालिका का प्रमुख बिनोद साहले यो बर्षमा नै नमुना बनाउने आफ्नो प्रण रहेको बताए । भोलि देखि नै डिप बोरिङ्ग गरेर स्वच्छ खानेपानी को ब्यवस्थापन गर्न लगाउने प्रतिबद्धता जनाएका छन । मेयर साहले आफ्नो प्रमुख लक्ष्य नै शिक्षा र स्वास्थ को सुधार गर्ने बताएका छन । साहले समग्र बिधालयको बिकास सङ्गै श्री ३ चन्द्रलाई नमुना बनाएरै छाड्ने बताए ।

पुर्व बिधायक पारस साहले यो बिधालय समग्र नेपालकै गौरव भएको बताए । बिधालय प्रतीको समर्पण सबैमा हुनुपर्ने बताउदै प्रदेशकै नमुना बनाउन आजको आवस्यकता भएको बताए । यहाको पठनपाठन आजको प्रतिस्पर्धात्मक युगमा कसरी अब्बल गराउने सो तर्फ योगदान दिन आफू तम्तयार रहेको बताए । पुर्व बिधायक साहले खेलकुद मा समेत सम्बन्धित निकायको पर्याप्त बजेट छुट्याउनु पर्ने बताए । साहले यो बर्ष बिधालयलाई नमुना बिधालय बनाउन आफुले मधेस प्रदेश सरकार सङ्ग बनाउन लगाएरै छाड्ने प्रतिबद्धता जनाए ।

सम्बिधान सभा सदस्य प्रमोद गुप्ताले तराईको गर्मी अनुसारको भवन नबन्नु दु:खद भएको बताए । गुप्ताले ब्यवस्थापन समितिले भिजन बनाएर योजना ल्याए हामी सबै संबंधित स्थानमा पहल गर्ने बताए । गुप्ताले बिधालयको कायापलट गराउन आफ्नो सदैव साथ र समर्थन रहने बताए ।
समाजसेवी निरन्जन अग्रवालले दाताबाट प्राप्त कम्प्युटर को प्रयोग नभएको भन्दै असन्तुष्टि प्रकट गरे । अग्रवालले पुरानो बिधालय भवनमा कक्षा सन्चालन गर्नुको मतलब बिधार्थि माथी को क्राईम जस्तो भएको बताउदै त्यसको सट्टा अन्य कक्षामा कक्षा सन्चालन गर्न भने । अग्रवालले शौचालय प्रयोग गर्न लायकको छैन भनेर ब्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउदै तत्काल यसको ब्यवस्थापन गराउन माग गरे । काङ्ग्रेस नेता लोकेश सिंहले पुर्व मन्त्री फरमुल्लाह मन्सूरले बजेट दिएझै अन्य सबै दाताले बजेट बिधालय लाई दिन नाकी आफ्नो कार्यकर्ता पाल्न लाई उपभोक्ता समिती मार्फत ल्याओस भने । सिंहले बिधालयको कुल सम्पत्ति कति र के कति कहाँ खर्च हुदैछ साथै बिधालयको जग्गा मुआब्जा को पैसा को बारे खुलाउन माग गरे ।
बिधालयका अभिभावक बिनोद साहले बिधालयमा खेलकुद को उचित ब्यवस्था गर्न माग गरे । सुनचाँदी संघका अध्यक्ष शिव सरार्फले बिधालयले बिद्यार्थीको लागि आवस्यक कोचिङ्गको ब्यवस्था गर्नुपर्ने बताए ।
बिधालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष दिब्यनाथ श्रेष्ठले नेपाल मै ख्याती कमाएको यो बिधालयको शाख जोगाउदै यो बिधालय बनाउदा पहिलाको संरचना लाई न मास्न बताए । मुनिन्द्र तिवारिले बिधालयको भवन बनाउदा एउटा मोडेलमा बनाउन माग गरे उनले नेटुवा हरु जस्तै जहाँ तहा ससाना बिल्डिङ्ग बनाएर कुरुप नबनाउन भने ।
नव निर्वाचित बिधालय ब्यवस्थापन समिती अध्यक्ष हरिॐ साह सोनारले अभिभावक र बिद्यार्थी को चाहना र हालको प्रतिस्पर्धात्मक युगको माग बमोजिम बिधालयलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका छन ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष हरिओम साह सोनारको अध्यक्षता एवम नेपाल सरकारका पुर्व मन्त्री तथा काङ्ग्रेस का केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका उप मेयर रौशन प्रविण,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,वडा नम्बर १८ का अध्यक्ष शेषनाथ साह,बिधालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष दिब्यनाथ श्रेष्ठ,काङ्ग्रेस नेताहरु फुलमहमद मन्सूर, लोकेश सिंह, दिपेन्द्र पटेल,समाजसेवी बिनोद पाल,बिधालय ब्यवस्थापन समितिका सदस्यहरू क्रमशः राम अशिश साह,पवन सरार्फ,अन्जिता पान्डे,राजेन्दरी फौजदार,लालमती देबि साह,नेबि संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारी,सागर पटेल सहित शिक्षा प्रेमिहरुको उपस्थिति रहेको थियो ।

हाल श्री ३ चन्द्र माबी कलैयाको बिधालय भवन रहेको जग्गा २ बिगहा २ कठ्ठा रहेको प्रधानाध्यापक नरेन्द्र गिरिले जानकारी गराए ।
बिधालयका शिक्षक जियालाल चौधरीले सन्चालन गरेको कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर