साजिर मन्सूर
कलैया,भदौ २
बारा सदरमुकाम कलैयामा गत बर्ष स्थापना भएको राज लक्ष्मी रिलिफ हस्पिटल प्रालीले सफलता पुर्वक आफ्नो दोश्रो बर्ष पूरा गरेको छ । जिल्लाको मुटु मानीने कलैयामा रहेको प्रादेशिक अस्पताल बाहेक एक मात्र सर्व सुलभ तथा कलैयाको पहिलो निजि अस्पतालका रुपमा सन्चालित राज लक्ष्मी रिलिफ हस्पिटलले जनताको स्वास्थ लाई सर्व परि ठानेर काम गरिरहेको अस्पतालका संस्थापक एवम युवा समाजसेवी बिजय साहले बताएका छन । सन्चालक साहले दुई बर्षमा अस्पतालले करिब ९ हजार ३ सय बिरामिहरुको सफल उपचार गरिसकेको बताउदै यो हाम्रा लागि अत्यन्तै उत्सुकता पुर्वक गरिएको सेवा भएको बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहले अस्पतालका सन्चालक बिजय साह अत्यन्तै मिहिनेती र जागरिला युवा रहेको र कलैयाको बिरामिहरुको हितलाई मध्यनजर गरि करोडौं लगानी गरेर अस्पताल सन्चालन गरेकामा धन्यवाद दिदै सफलताको कामना गरेका छन । प्रमुख अतिथि साहले प्रादेशिक अस्पताल कलैया मा समेत नरहेको सिटि स्क्यान,एन आईसियु जस्ता सेवा दिएर बिरामिहरुलाई अकालमा ज्यान जानबाट जोगाएकोमा समेत अस्पताल प्रशासन धन्यवाद को पात्र रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि पुर्व प्रदेश सान्सद पारस साहले कलैयामा राज लक्ष्मी रिलिफ अस्पताल प्रालिले स्वास्थ्य सेवा प्रवाहमा गरेको कार्यको मुक्त कण्ठले प्रसंशा गर्दै जिल्लाको सदरमुकाम कलैयालाई मेडिकल हब बनाउने सबैको सपनामा राज लक्ष्मी रिलिफ हस्पिटल प्रालिको मुख्य योगदान रहने बताए । प्रादेशिक अस्पताल सङ्गै यो अस्पतालको बाराली जनतालाई खाचो रहेको बताएका छन ।
अस्पताल प्राङ्गणमा आयोजना गरिएको दोश्रो बार्षिकोत्सव समारोहमा बोल्दै साहले बाराली आम जनताको स्वास्थका लागि सुबिधा सम्पन्न अस्पतालको खाचो रहेकाले आफुले सोही चाहना अनुसार अस्पताल सन्चालनमा ल्याएको र सबैलाई सन्तुष्ट गराएकोमा आफैलाई गर्व महसुस भएको बताएका छन । बिरामिलाई मुस्कान सहितको सेवा दिनु आफ्नो उदेश्य रहेको साहले बताएका छन । बितेको २ बर्शमा हस्पिटलले सफलतापुर्वक एन आई सियु र आईसियु संचालन,हाड जोर्निको १००% सफल शल्यक्रिया,उत्कृष्ट रुपमा बर्थिङ्ग सेवा सन्चालन,जिल्लामै उत्कृष्ट ल्याब भिडियो एक्सरे र ईसिजी सेवा,नाक कान र घाँटी सम्बन्धि सफल उपचार,सिटिभिएस को सफलता पुर्वक उपचार गराएर यो अस्पताल स्वास्थ छेत्रमै अभुतपुर्व उपलब्धि हासिल गरेको संस्थापक साहले दाबी गरेका छन ।
यस अगाडी नै मनाईएको बार्षिकोत्सवमा चालू आव देखि अस्पताले बहुचर्चित आमा सुरक्षा कार्यक्रम लागू गर्न गैइरहेको बताए पनि प्राबिधिक कारण त्यो लागू नभएपनी केही दिनमै यो लागू हुने अस्पतालका प्रबन्धक एवम बाल रोग विशेषज्ञ डाक्टर राम निवास साहले जनाए । अस्पतालले सिटि स्क्यान गर्ने सुबिधा पनि सुचारु गरेको डाक्टर साहले जानकारी गराएका छन । प्रबन्धक डाक्टर साहले राज लक्ष्मी रिलिफ हस्पिटल प्रालीलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरिने योजना समेत रहेको बताएका छन ।
अस्पतालले यस अघिको बार्षिक उत्सवमा घोषणा गरेको प्रत्येक आईतवार र बुधबार गर्भवती महिलाका लागि केवल १ सय मा ओपिडी चेकजाच सेवालाई यो बर्ष देखि प्रत्येक बिरामिको ओपिडी चेकजाँच शुल्क केवल एक सय मा नै गर्ने प्रबन्धक डाक्टर साहले उदघोष गरेका छन ।