साजिर मन्सूर
धुलिखेल,भदौ २७

बिपि जयन्तीको अवसरमा देशैभरिका युवाहरूको बिशेष भेलाले बृहत् बिचार सम्मेलन को आयोजना गरि सम्पन्न गरेको छ। काभ्रे को धुलिखेल स्थित मिराबेल रिसोर्ट होटेलमा बिपि स्टडि युथ सर्कल केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रममा माहामानव बिपि कोइरालाका बिचार एवम संदेशहरुका बारेमा बृहत बिचार विमर्श एवम काङ्ग्रेसमा युवाहरुको नया किसिमले भुमिकाका बारे चर्चा गरिएको सर्कलका केन्द्रिय अध्यक्ष ईन्जिनियर ऋषि कोईरालाले जनाएका छ्न ।

कार्यक्रमका प्रमुख अतिथी डाक्टर शेखर कोईरालाले बिपिलाई सम्झिदै भने नेपाली कङ्रेसको मुख्य काम नै जनता सङ्ग जोडिन भनेको स्मरण गरे । बिपि प्रधानमन्त्री हुदा आफू बिराटनगर बाट काठमाडौं आए उपचार गराउन त्यो बेला बिपिले आज मलाई समात्छ भनेर भनेको स्मरण रहेको बताए । रास्ट्रीयता प्रजातन्त्र र समाजवाद को नारा लिएर बिपि प्रवासबाट देश र जनताका आगि फर्केको डाक्टर शेखर कोईरालाले बताए । रास्ट्रीयतालाई जसरी नेपाली काङ्ग्रेसले सम्झेको छ त्यसरि नेपालका अन्य दलले सम्झेकै छैनन कोईरालाले बताए । बिपिले गरेको कल्पना भन्दा धेरै पर खराब अवस्थामा नेपालको अवस्था रहेको बताए । देशमा भ्रस्टाचार को अवस्था चरम बिन्दुमा पुगेको प्रमुख अतिथि कोईरालाले बताएका छन । नेपालमा सरकार अस्थिर भ्रस्टाचार र एन नियम कानुन अत्यन्तै लचिलो भएको अध्ययन ले देखाएको बताए ।
बिपिको चुनावी घोषणा पत्र २०१५ मै खेत कस्को जोताहाको, घर कस्को पोताहाको भनेर भनेका थिए । सम्बिधानले दिएको अधिकार सबैले पाउनुपर्ने डा. शेखर कोईरालाले बताए । बिपिले शिक्षालाई सब भन्दा बढी महत्त्व दिएको जसका कारण बिपिको समयमा बिधालयमा बढी लगानी गरेका थिए
। स्वार्थिपना अत्यधिक,धार्मिकतामा,नेताको ईसारामा चल्ने जस्ता काम त्याग्न कोईरालाले बताए ।

काङ्ग्रेस युवा नेता तथा बिपि स्टडी युथ सर्कलका योजनाकार भुपेन्द्र जङ्ग शाहीले बिपिको स्मरण बर्णन र चर्चा एक दुई दिनमा गर्न नसकिने भन्दै बिपिको सिद्धान्त लाई शिरोधार्य गर्नुपर्ने बताएका थिए । शाहिले देशका सबै पिढिलाई बिपिका बिचार को अध्ययन गराएर देशमा बिपि सोच अनुसार देशलाई चलाउने बाताबरण बनाउनुपर्ने बताए ।
देशमा बिपि बिचार मय बनाउने प्रमुख उदेश्य रहेको सर्कलको उदेश्य पूरा हुनेमा आफू बिश्वत भएको काङ्ग्रेस प्रभावशाली नेता गुरु घिमिरेले बताए । घिमिरेले बिचार सम्मेलनमा बोल्दै आजको समयमा जसरी दैनिक रुपमा युवा पिढी पढाइ र रोजगारीका लागि बिदेशिन बाध्य छन त्यसलाई रोक्न नसके अबको केही बर्शमा नेपाल युवा नभएको देश बन्न बेर नलाग्नेमा चिन्ता व्यक्त गरेका छन । घिमिरेले यसरी नै युवा नरहे देशको सेनामा को जाने? प्रहरी को बन्ने? लोकसेवा मा फर्म कल्ले भर्ने? लगायतका भयावह अवस्था आउन नदिन बिपिको बिचारमा सबै लाग्न र देशलाई अगाडी बढाउन पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष नकुल अर्यालले केवल युवा युवा भनेर लगानी र अनुभव भएका पुराना नेताहरुलाई गाली गर्ने र पन्छाउने काममा मात्र आफ्नो समय खर्चिरहेको प्रती दुख व्यक्त गरे ।
सम्बिधान सभा सदस्य रन्जित कर्णले राजनितिमा लाग्दा सङ्ग सङ्गै आफ्नो सानो भएपनि व्यापार ब्यवासाय पनि गर्न तमाम युवामा आग्रह गरे । राजनितिलाई सेवा गर्ने कर्मको रुपम लिन समेत कर्णले आग्रह गरे ।
काङ्ग्रेस केन्द्रिय सदस्य गणेश लामाले काङ्ग्रेस सबै नेपालिको साझा पार्टी भएको बताए ।
काङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले देशमा सब भन्दा बढी आदर र सम्मानका साथ बिपि कोईरालालाई मात्र नेपालमा जनताले मान्छन । नेपाली काङ्ग्रेसको मात्र हैन बिपिले सिङ्गो देशको आवाज बन्नुभएको आचार्यले बताए । समावेशिताको सन्ख घोष बिपिले नै गरेको आचार्यले बताए । काङ्ग्रेसमा युवाहरुले मुख्य चाहेकै रुपान्तरण हो भन्दै यसको लागि अब सबै युवा अगाडी आउनुपर्ने आचार्यले बताए । आचार्य ले यो सम्मेलन केवल सम्मेलनमा नभैइ घोषणा प्त्र समेत जारी गरि सफल गराउन पहल गरे । पार्टी को सदस्यता लिन पनि सबै खुल्ला गर्नुपर्ने आचार्यले बताए ।

बिपि स्टडी युथ सर्कलका केन्द्रिय सभापति ऋषि कोईरालाको अध्यक्षता तथा काङ्ग्रेस बरिस्ठ नेता सम्बिधान सभा सदस्य डाक्टर शेखर कोईराला,केन्द्रिय सदस्य मधु आचार्य,गुरु घिमिरे,सम्बिधान सभा सदस्य रन्जित कर्ण,रिता शाही,कमल शिलवाल,बरिस्ठ पत्रकार,जगत नेपाल,सीता घिमिरे,काङ्ग्रेस केन्द्रिय सदस्य गणेश लामा,काङ्ग्रेस नेता अच्युत पौडेल,नेपाल प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष नकुल अर्याल,नेबि संघ का केन्द्रिय सदस्य ईन्जिनियर भुवन भट्ट,सहित काङ्ग्रेस का नेता कार्यकर्ता तथा विभिन्न सुभेछुक संस्थाका नेताहरुको उपस्थिति रहेको थियो ।
राधा ढुङानाले सन्चालन गरेको कार्यक्रममा स्वागत बिपि स्टडी युथ सर्कलका केन्द्रिय सदस्य रिता शाहिले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर